अमेरिका–क्यानडा सिमामा चार भारतीयको मुत्युपछि एक अमेरिकी सहित ८ जना हिरासतमा
अमेरिका– अमेरिका तथा क्यानडाको सिमा क्षेत्रमा मानव तस्करीको प्रयासमा मुत्यु भएका चार भारतीयको प्रकरणमा प्रहरीले एक अमेरिकी नागरिक सहित ८ जनालाई हिरासतमा लिएर सोधपुक्ष गरेको छ ।
उक्त सिमा क्षेत्रमा एक नवजात, एक किशोरी , एक व्यस्क महिला र अर्को एक व्यस्क पुरुषको मुत्यु भएको हो । मृतक चार जनाको पहिचान भने खुलेको छैन । भारतीय दुताबासले अमेरिका तथा क्यानडा संग समन्वय गरेर घटना सम्बन्धमा यथार्थ ल्याउने प्रयास गरिरहेको छ । प्रहरीद्धारा हिरासतमा लिएका अमेरिकी नागरिक ४७ वर्षिय फलोरिडा निवासी स्टीव स्यान्ड रहेको खुलेको छ ।
समाचार स्रोतका अनुसार क्यानडा सिमाबाट केहीलाई अबैध रुपले अमेरिका ल्याउने प्रयास भएको थियो । सोही क्रममा अधिक चिसोको कारण चार जनाको ज्यान गएको थियो । यस अघि अमेरिकी सिमा सुरक्षा बलले गैरकानुनी तवरले अमेरिका प्रवेश गदै गरेका भारतीय एक समुहलाई क्यानडाको सिमाबाट पक्राउ गरेको थियो । पक्राउ परेका मध्य दुई जनालाई अधिक चिसो लागेको कारण अस्पताल भर्ना गराइएको थियो ।
अमेरिकी सुरक्षा अधिकारीले यसलाई मानव तस्करी बताएको छ । पक्राउ परेका कसैसंग पनि कानुनी हदस्तावेज छैन । मृतक तथा पक्राउ परेका अन्य व्यक्ति पनि भारतीय हुन सक्ने संभावना रहेको बताएको छ । पक्राउ परेकाहरुको राष्ट्रिय पुष्ठि गर्ने प्रयास भइरहेको छ । मृतकहरुको पोष्टमार्टम आगामी जनवरी २४ मा हुने तयारी भइरहेको बताइएको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...