आफनै घरभित्रका उम्मेदवारलाई बेबास्ता, अर्के उम्मेदवारकेा चुनावी प्रचारमा टेक्ससकेा नेपाली समुह
टेक्सस– नेपाली समाज टेक्ससको पुर्व अध्यक्ष दिनेश शर्मा टेक्सस राज्य सासद अर्थात हाउस ९२ का लागी चुनावी मैदानमा छन् । उनी संगै पाकिस्तानी मुलका अमेरिकन सलमानी भोजानी पनि मैदानमा छन् । दुबै जना हाउसको एउटै सिटमा चुनावी मैदानमा छन् ।
समर्थन र विरोध आफनो ठाउमा होला । कसलाई समर्थन गर्ने त्यो नागरिक अधिकार हो । तर आफनै नेपाली समाजका एक पुर्व अध्यक्ष दिनेश शर्मालाई समर्थन गर्न छाडेर एक हुल टेक्ससका नेपाली समुदाय भने एउटै सिटमा लडेका सलमान भोजानीको चुनावी अभियानको समर्थनमा देखिए । नेपाली समाज टेक्ससको अध्यक्ष भइसकेका दिनेश शर्मालाई भावनात्मक रुपले समर्थन गर्नुपर्नेमा भोजानीको चुनावी अभियानको प्रचारमा देखिए ।
‘सधैका नेपाली, मर्दा र पर्दाका नेपाली भनेर नारा लगाउदै आएका टेक्ससका नेपाली अभियान्त नै अहिले दिनेश शर्माको विरुद्ध लागेपछि टेक्ससका नेपाली समुदायमा उथलपुथल भएको छ ।
गैरआवासिय नेपाली संघ टेक्ससका अध्यक्ष सोफिन थापा, नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष कृष्ण लामिछाने, भर्खर नेपाली समाज टेक्ससको चुनावमा पराजीत कमल सापकोटा, आइसा ओझा लगायतको एउटा समुह सलमान भोजानीको चुनावी अभियानमा देखिए ।
केवल यो भेटभाट मात्र भएको उक्त नेपाली समुहले प्रतिकृया दिदै आए पनि खुल्ला रुपमा उनिहरुले भोजानीलाई समर्थन गरेको देखिएको छ । टेक्सस हाउस ९२ का उम्मेदवार भोजानीले आफनो आधिकारिक ट्वीट हयान्ड मार्फत नेपाली अमेरिकन समाज टेक्ससले आफुलाई समर्थन र इन्डोर्समेन्ट गरेको भनेर तस्विर सहित ट्वीट गरिसकेका छन् ।
आफनै समाजकै एक नेपाली मुलका व्यक्ति सोही पदमा चुनाव उठीरहेका बेला उनको अभियानमा अहिलेसम्म उनिहरु खुलेर लागेको देखिएको छैन । भोजानीको प्लेड कार्ड बोकेर चुनावी अभियानमा देखिएका एनआरएनए टेक्ससका अध्यक्ष सोफीन थापाले भने-‘ हामी अभियानमा गएका हैनैा , बेालाए पछि भेटन गएका हैा ‘
बेालाएपछि भेटन जानै नहुने भन्ने त हैन नि उनले भने-,’मेरेा समर्थन दिनेश दाईलाई नै छ ।,
‘एउटा नेपाली भएर नेपालीलाई सहयोग गर्न छाडेर उसकै विरुद्ध उठेको उम्मेदवारलाई समर्थन गर्न जानुले अब टेक्ससमा नेपाली समुदायको अस्तित्व समाप्त भएको त हैन भन्ने प्रश्न उब्जीएको छ, आफनो नाम उल्लेख नगर्ने शर्तमा टेक्ससका एक प्रतिष्ठित समाजसेवीले युएसनेपाल पोष्टसंग भने– ‘यसो गर्नु हुदैन थियो यो नेपाली समुदायकै विरुद्ध अभियान भएको छ ।’
नेपाल समाज टेक्ससका वर्तमान उपाध्यक्ष किरण पोडेलले सामाजिक संजालमा यसको विरोध गदै यस्तो लेखे– ‘यो त अति भयो । के हो यस्तो अचाक्ली । इगोको लगाई हैन, इमानको लडाइ लडने हो ।’
उनको भनाईमा सहमति जनाउदै सरोज सिग्देलले लेखे– ‘अब त कसका लागी नेपाली रे भन्ने प्रश्न त आफुलाई नै सोध्नुपर्ने भो, कसका लागी मन्दिर, कसका लागी पाठशाला ।’
भोजानीको प्लेकार्ड लिएर टेक्ससकै जिम्मेवारी नेपाली समाजकै अगुवाहरु भोजानीको चुनावी क्याम्पिङमा देखिएपछि यतिबेला टेक्ससका नेपाली समुदायमा हलचल ल्याएको छ । धेरैले सामाजिक संजालमार्फत आक्रोस र विरोध जनाएका छन् ।
पछिल्लो समय दिनेश शर्मा टेक्सस राज्य सासंदको उम्मेदवार घोषणा गरि चुनावी मैदानमा उर्तिइसकेका भए पनि टेक्ससका केही अगुवाहरु अहिले उनको समर्थनमा देखिएका छैनन । अहिलेसम्म भोजानीलाई भेटेर सहयोग गर्ने बचन दिएका यी नेपाली समुदायले दिनेश शर्माको अभियानमा चुईक्क पनि नबोलेको समाचार स्रोतले बताएको छ ।
यस अघि नेपाली समाज टेक्ससको चुनावमा कमल सापकोटालाई जिताउन लागी परेका अधिकांश टेक्ससका नेपाली समाजका अगुवाहरु यो भोजानीको अभियानमा देखिएका छन् । दिनेश शर्माले नवनिर्वाचित अध्यक्ष राजेन्द्र बाग्लले इन्डोर्स गरेपछि कमल सापकोटा जिताउ अभियानमा लागेकाहरु दिनेश शर्मालाई छाडेर सोही क्षेत्रमा उठेका सलमान भोजानीलाई चुनावी अभियानमा सगाउन लागेको देखिएको छ ।
तलाई देखाएर छाडछौ भनेर नेपाली समाज टेक्ससको चुनावमा दिनेश शर्मा विरुद्ध एक जिम्मेवारी नेपाली समाज टेक्ससका अगुवाले भनेको समाचार स्रोत बताउछ । त्यही नेपाली समाज टेक्ससको चुनावी साटो फेर्न सलमान भोजानी अभियानमा टेक्ससको एक नेपाली समुह लागेको बताइएको छ ।
नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष भुवन आचार्यले फेसबुकमा भोजानीसंग खिचेको नेपाली समुदायको तस्विर शेयर यदै यस्तो लेखे–‘नेपालीलाई डुबाएर नेपालीकै नेता हुन खोजेका नेपाली पात्रहरु ।,
यी यस्तो विरोध संगै यतिबेला टेक्ससको नेपाली समाजको नेपाली एकता माथि प्रश्न चिन्ह खडा गराएको अगुवाहरुले बताएका छन् । अब नेपाली समाजको लागी नेता बन्छु भन्नेहरुको यथार्थता छर्लङ भएको अडकल काटन थालिएको छ ।
तस्वीर : सलमान भेाजानी ट्वीटरबाट