अमेरिका– अमेरिकाको म्यासाच्युसेटसमा एक एक नेपाली मुलका अमेरिकनले दस मिलियिन पुरस्कारको लोटरी जितेका छन् ।्
म्यासाच्युसेटसको हयानिसमा लोटरी यति धेरै रकम जित्ने नेपाली धु्रव थापा रहेका छन् । मेघा चिट्टाको पहिलो खेलमै उनले १० मिलियन जितेका हुन । उनले कर भुक्तानी गरेर ६ मिलियन भन्दा बढी रकम हात पार्नेछन् । उनले लोटरी जितेपछि जितेको एक भाग आफनो छोरीको मेडिकल अध्ययनका लागी खर्च गर्ने बताएका छन् ।
उनले चिट्टा ओशन स्ट्रीट मार्केट हयानिसमा खरिद गरेका थिए । यो लोटरीका लागी लागी स्टोरले समेत ५० हजार डलर बोनस पाउनेछन् ।अमेरिकाको म्यासाच्युटेस राज्य सरकारले यो चिट्टा संचालन गरेको हो ।
यो यति धेरै रकम जित्ने धु्रव थापालाई सबैले बधाई दिएका छन् । गएको जनवरी ११ मा उनले यो लोटरी जितेका थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...