टेक्सस– नेपाली समाज टेक्ससको गएको निर्वाचनमा अध्यक्षका प्रत्याशी बनेका कमल सापकोटाले गत साता सलमान भोजानीसंग गरेको भेटघाट प्रति भएको टिकाटिप्पणी प्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
सापकोटाले मंगलबार एक प्रेस विज्ञप्ती जारी गरि सामाजिक संजालमा भएको टिकाटिप्पणी प्रति असहमित जनाउदै भोजानीले निमन्त्रणा मान्न गएको र उनलाई समर्थन र सहयोग नगरेको स्पष्ट पारेका हुन । उनले विज्ञप्तीमा भनेका छन्– पहिलो कुरा जुन कार्यक्रमको बारेमा अतिरञ्जित ंढंगले हल्ला गरियो त्यो कार्यक्रममा म सहभागी मात्र भएको हु“ । जबकी कसैले आमन्त्रण गर्दछ भने मेरो आफनो व्यवस्थापन भएसम्म सहभागीता जनाउछु ।’
उनले दिनेश शर्माले आफुलाई कहिल्यै कार्यक्रममा नबोलाएको र सहयोगको समेत आग्रह नगरेको बताएका छन् ।
उनले अमेरिकी चुनावमा उठेका दिनेश शर्मा निष्पक्ष र स्वतन्त्र बन्न नसकेको आरोप समेत लगाएका छन् ।
उनले आफु नेपाली समाज टेक्ससको अध्यक्षमा उठदा दिनेश शर्मा निष्पक्ष नभएको र आफु विरुद्ध मोर्चाबन्दी बनाएको विज्ञप्ती मार्फत आपत्ती जनाएका छन् ।
विज्ञप्तीको अन्तमा उनले आफु नेपाली समाजको साथमा रहेको र समाजिक काममा सधै रही रहने बताउदै टेक्सस हाउस ९२ को निर्वाचनमा उठेका उम्मेदवार दिनेश शर्मालाई सक्दो सहयोग गर्ने वचन दिएका छन् ।

टेक्सस हाउस ९२ को प्रतिनिधिको रुपमा नेपाली मुलका दिनेश शर्माको सिटमा उठेका पाकिस्तानी मुलका सलमान भोजानीको चुनावी प्रचारको कार्यक्रमा सहभागी भएपछि कमल सापकोटा संगै नेपाली समाज टेक्ससका पुर्व पदाधिकारीहरु सहभागि भएपछि सामाजिक संजालमा विरोध भएको थियो । सबैतिर चर्को विरोध भएपछि कमला सापकोटाले विज्ञप्ती मार्फत भोजानी संग सहभागी मात्र भएको तर सहयोग तथा समर्थन नगरेको स्पष्टीकरण दिएका छन् ।

विज्ञप्तीकेा पुर्ण पाठ

आदरणीय दाजुभाई तथा दिदी बहिनीहरू,
गत आईतबार सलमान भोजानीसंगको अन्तरक्रियामा मेरो पनि उपस्थितीलाई लिएर सामाजिक संजालमा भएका टिका टिप्पणीका बारेमा मेरो ध्यानाकर्षण भएको छ र त्यस बारेमा मेरो आप्mनो वास्तविकता स्पष्ट पार्न चाहान्छु ।
पहिलो कुरा जुन कार्यक्रमको बारेमा अतिरन्जित ढंगले हल्ला गरियो त्यो कार्यक्रममा सहभागी मात्रै भएको हुँ । जवकी कसैले आमन्त्रण गर्दछ भने मेरो आफ्नो समय व्यस्थापन भएसम्म सहभागीता जनाउँछु । कार्यक्रममा उपस्थिति हुँदैमा मैले नत उनको समर्थनमा बोलेको छु नत कुनै सहयोग नै गरेको छु । हामी सामाजिक प्राणी भएकोले सभा समारोहमा वा वोलावट भएका कार्यक्रममा सहभागी हुनु कुनै अपराध होईन ।
दोश्रो कुरा जहाँसम्म मित्र दिनेश शर्माको कुरा छ, दिनेश जीले आजसम्म नत मलाई कुनै कार्यक्रममा बोलाउनु भएको छ, नत कुनै सहयोगको आग्रह गर्नु भएको छ । अमेरिकी चुनाबमा उठ्दै गर्दा र स्थानीय सघसंस्थामा अध्यक्ष जस्तो पदमा बसेर काम गर्दा पनि दिनेशजी स्वतन्त्र र निश्पक्ष हुन सक्नु भएन भन्ने मेरो ठम्याईमा म आज पनि त्यहि अडानमा कायम छु । मैले नेपाली समाज टेक्सासमा अध्यक्षमा उमेद्वारी दिएपछि उहांलाई मेरो प्रचार प्रसारमा लाग्न कहिल्यै भनिन, खाली निश्पक्ष रहन र सदस्यहरूको विवरण एकतर्फि चुहाबट नगर्न आग्रह गरेको हुँ । तर उहांले सुन्नु त भएन नै, उल्टै मेरोबिरूद्धमा उहाँ मोर्चा बन्दि नै गरेको यथेष्ट प्रमाण मसंग छ । मेरो प्रतिस्पर्धामा रहेको टीम बनाउन उहाँले के कति जनालाई पदको आश्वासन दिंदै हिड्नु भएको रहेछ भन्ने कुरा सपथ ग्रहण कार्यक्रममा छरपष्ट भएकै हो । त्यो नेपाली समाजमा प्रष्ट छदैछ ।
त्यसैगरी एकजना नेपाली यदि अमेरिकी मूलधारको राजनीतिमा सहभागी हुँदा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने कुरा म आफु पुर्ण जानकार छु । तर त्यस्तो ईच्छा राख्ने ब्यक्ति हाम्रो समुदायमा साझा र निश्पक्ष हुन पनि सक्नु पर्छ की पर्दैन र? अन्यथा एकातर्फी सामाजिक सन्जालमा हल्ला गर्दैमा केहि जितिन्न वास्तविकता आम समुदायमा जगजाहेर छ ।
हामी एकातिर लोकतान्त्रिक पार्टीको सदस्य भएको हवाला दिदैं ट्रम्प प्रबृत्तिको बिरोध गर्छौ, अर्को तिर “अरू कसैको कुरा नसुन, म जो हो त्यही नै ठिक हो, अन्यथा तिमी गलत होस” भन्ने निरंकुश सोचका साथ साईबर सेना लगाएर खेदो गर्छौ, यो कुन खालको लोकतान्त्रिक चरित्र हो ? यस्तो प्रबृत्तिले एक छिन त रमाईलो लाग्ला, अन्तत हाम्रै उम्मेदबारलाई घाटा हुन्छ । एक जना उम्मेदबारको कुरा सुन्न जाँदैमा सामाजिक संजालबाट प्रायोजित र सुनियोजित फोटो प्रयोग गरेर धम्कि, गालि गलौज र बिष बमन गरेर एकैछिन त बहादुर भईएला, तर त्यसको क्षय हाम्रै उम्मेदबारलाई हुनेछ, त्यसतर्फ पनि आदरणीय व्यक्तित्वहरुले जानकारीमा राख्नु होला ।
अबको केही दिनमा हाम्रै नेपाली समुदायका साथीहरूको पहलमा रिपव्लिकनका उम्मेदबारहरूसंग अन्तरक्रिया कार्यक्रमको आयोजना हुंदैछ । मलाई त्यहाँबाट पनि निमन्त्रणा प्राप्त भएको छ, म त्यहाँ पनि उपस्थित हुनेछु त्यो व्यक्तिगत अधिकार पनि हो । कसैलाई यहि विषयलाई लिएर थप प्रचार गर्न मन भए गरे हुन्छ । म एक सामाजिक अभियन्ता भएको नाताले बोलाएको ठाउँमा समयले भ्याएसम्म जाने, कुरा सुन्ने मेरो ईच्छा र त्यो मेरो सामाजिक दायित्य ठान्दछु । मलाई कसले कहाँको फोटो कता कहाँ प्रयोग गर्छ, त्यो आयोजककै तदबिजको कुरा हो । कोही व्यक्तिहरुलाई यो हल्लाले केहि जितेको अनुभव भएको होला तर मलाई यस्ता हल्लाले केहि गर्दैन र मेरो काम कर्तव्य र नेपालीलाई पर्दा कसरी मद्दत गर्नुपर्दछ भन्ने कुरामा पुर्ण जानकार छु ।
अन्त्यमा, म यहि नेपाली समाजमा तपाईहरुकै साथमा छु, सामाजिक काममा सधै लागिरहेकै छु र लागि रहन्छु । कुनै पनि नेपालीलाई परेको आवश्यक सहयोग गर्दै आईरहेको छु र गरिरहने छु । कसैले फरक प्रयोजनको लागि खिचिएको फोटोलाई लिएर भएको हल्लाले मलाई खासै केहि फरक पार्दैन । मेरो सामाजिक अभियान निरन्तर रहि रहन्छ । आगामी दिनमा सामाजिक योगदान गरिरहने प्रतिवद्धता व्यक्त गर्दै नेपाली समुदायबाट अमेरिकी मुलधारको राजनीतिमा सहभागी हुनु भएका मित्रद्धय दिनेश शर्माजी र मोहन ज्ञवाली दुवैलाई बिजयको शुभकामना दिदैं उहाँले चाहेको सहयोग गर्ने बचन पनि दिन चाहान्छु ।

कमल सापकोटा
टेरेल, टेक्सास

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected