अमेरिका– अमेरिकाको बाइडेन प्रशासनको एक वर्षे कार्यकालमा अमेरिका प्रवेश गर्न खोज्ने गैरकानुनी आप्रवासीको संख्या २० वर्ष यताकै उच्च देखिएको छ ।
अमेरिकाको सिमा सुरक्षा बलका एजेन्टहरुले राष्ट्रपति जो बाइडेनको कार्यकालको पहिलो वर्षको दौरान दक्षिण पश्चिम सिमामा २० लाख भन्दा बढी आप्रवासीलाई पक्राउ गरिएको छ । अमेरिकाको सिमा सुरक्षा बलका विश्लेषकहरुको एक तथ्याङकमा यो संख्या २० वर्ष यताकै बढी संख्या भएको बताइएको छ।
अमेरिकी सिमा सुरक्षा बललले २०२१ मा अमेरिकी सिमामा २० लाख भन्दा बढी गैरकानुनी आप्रवासीको सामना गरेको तथ्याङक छ । यी मध्ये झण्डै १९ लाख भन्दा बढीलाई सिमा सुरक्षा बलले पक्राउ गरेको थियो । बाकीलाई अमेरिकाको पोर्ट अफ इन्ट्री अधिकारीको कार्यलयले पक्राउ गरेको तथ्याङक छ ।
यो संख्या तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा पक्राउ परेका भन्दा दोब्बर गैरकानुनी आप्रवासी बाइडेन प्रशासनको एक वर्षे कार्यकालमा पक्राउ परेका छन् । २०१९ मा अमेरिकी सिमा क्षेत्रमा ९ लाख २१ हजार ८१२ गैरकानुनी आप्रवासी पक्राउ परेका थिए । त्यस्तै ट्रम्पको पहिलो कार्यकालमा ३ लाख ४१ ह्जार गैरकानुनी आप्रवासीलाई सिमा सुरक्षा बललले पक्राउ गरेको थियो ।
सन् २००० मा झण्डै १६ लाख गैरकानुनी आप्रवासी सिमा सुरक्षा बलले पक्राउ गरेकोमा २०२१ को बाइडेन प्रशासनको एक वर्षे कार्यकालमा २० लाख बढी आप्रवासी पक्राउ परेको सबैभन्दा धेरै हो ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected