अमेरिका–आइटी तथा प्रविधी क्षेत्रमा लागेकाहरुलाई अमेरिकाले खुलाउदै आएको
एचवान वी भिषाको रजिष्ट्रेसन यस वर्ष पनि आउदो मार्च देखि खुल्दैछ । अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा (युएससिआइएस) ले एक सुचना जारी गदै
यस बारेमा जानकारी दिएको हो । आवेदनका लागी माइ युएससिआइएस मा अनलाइन अकाउन्टको प्रयोग गरेर १० डलर आवेदन शुल्क तिर्नुपर्छ ।
मार्च ९ देखि खुल्ने रजिष्ट्रेसन मार्च २५ सम्म चल्नेछ । यसको नतिजा लोटरी प्रणाली मार्फत छानेर मार्च ३१ सम्म
सफल भएका प्रतियोगीहरुको नाम सुचीत गरिनेछ । एचवान वी भिसा एउटा
्र गैर आप्रवासी भिष हो । आगामी वर्ष २०२३ का लागी यो भिषा खुलाइएको हो ।
मागिएको पर्याप्त आवेदन प्राप्त भएमा संभावीत प्रतियोगिहरुको चयन मार्च १८ सम्म ¥याडम तवरले चयन हुनेछ
र चयन भएका उम्मेदवारको नाम ३१ मार्च सम्म सम्बन्धीत विजेताहरुलाई पठाइनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected