ओकल्यान्ड विश्वविद्यालयले गल्तीले हजारौ विद्यार्थीलाई पठायो छात्रवृत्ति इमेल
अमेरिका– अमेरिकाको मिशिगन स्थित ओकल्यान्ड विश्वविद्यालयले ५ हजार ५ सय विद्यार्थीलाई गल्तीले छात्रवृत्ति दिने इमेल सन्देश पठाएपछि बबन्डर मच्चियो ।
विश्वविद्यालय प्रशासनले एक इमेल मार्फत ५ हजार ५ सय विद्यार्थीलाई चार वर्षका लागी प्रति वर्ष १२ हजार डलर भन्दा बढीको दरले छात्रवृत्ति दिने बताएपछि यस्तो भएको हो । विश्वविद्यालयले गल्तीले यस्तो भएको भन्दै विद्यार्थीहरुलाई पुनः इमेल पठाएपछि विद्यार्थी माझ बबन्डर सृजना भएको हो । विद्यार्थीहरुको खुशी लामो समय सम्म रहन सकेन र विश्वविद्यालयले पनि आफनो गल्तीको महसुस गरेको छ ।
गल्तीले छात्रवृत्ति दिने इमेल सन्देश पठाएको भन्दै विश्वविद्यालय क्षमा मागिसकेको छ । छात्रवृत्ति दिने भन्दै विश्वविद्यालयले गएको जनवरी ४ मा विद्यार्थीहरुलाई इमेल पठाएको थियो । चार वर्षको पठाईका लागी प्रत्येक विद्यार्थीलाई प्रति वर्ष १२ हजार डलरको दरले छात्रवृत्ति दिने सन्देश पठाइएको थियो ।
विश्वविद्यालयको छात्रवृत्ति दिने इमेल झुठोभएपछि खुशीले रमाएका हजारौ विद्यार्थी निराश बनेका छन् ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...