आदर्श नेपाली समाजको हर्नडन भर्जिनियाको अध्यक्षमा मेाहन उप्रेति

भर्जिनिया-आदर्श नेपाली समाजको हर्नडन भर्जिनियाको तेस्रो अधिवेशनबाट मोहन उप्रेतीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयां कार्यसमिति गठन भएको छ । ११ सदस्यीय कार्य समितिका अन्य सदस्यहरुमा उपाध्यक्ष- चिरन्जीबि लामिछने, सचिब – आरती पराजुली सिग्देल, सहसचिब- भुमा पौडेल खरेल,
कोषाध्यक्ष- शिब सुबेदी, सदस्यहरू, अनिता ढकाल सिटौला, संझना अर्याल घिमिरे, सरला भण्डारी, सीता सुबेदी काफ्ले, जयन्ती बिष्ट ( सानी ) र
तोया पौडेल ( पूर्ब अध्यक्ष पदेन सदस्य) छन ।
कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष मोहन उप्रेतीले पुरानो कार्यसमितिले अगाडि बढाइरहेका स्कूल लगायतका कामलाई निरन्तरता दिन र अडल्ट समूहहरुलाई पनि समेटेर केही नयां कार्यक्रमहरु ल्याउन लागेको कुरा बताए ।
नव निर्वाचित कार्यसमितिलाई सल्लाहकार गोविन्द सुवेदी, नयां आजीवन सदस्य कीरणसिंह थापा र निवर्तमान अध्यक्ष तोया पौड्याल लगायतले शुभकामना दिनु भएको थियो । नयां कमिटीमा ६५ प्रतिशत महिलाहरु आएको जानकारी दिंदै उहांले सवैले सहयोग गर्ने आशा ब्यक्त गरे ।
एकजनाको मात्रै उमेद्ववारी परेको ६ जना सदस्यहरूका लागि ५ जनाको मात्रै उमेद्वारी परेका कारण सबै उमेद्ववारहरु निर्विरोध हुनु भएका छन । १ सदस्य बर्तमान कार्यसमितिका अध्यक्ष नै सदस्य हुने ब्यबस्था भए अनुसार जम्मा ११ सदस्यीय कार्यसमितिका लागि ११ जनाको मात्रै उमेद्ववारी परेको थियो।
यस अघि निर्वाचन प्रक्रिया संचालन गर्नको लागि संस्थाका सल्लाहकार पर्शुराम भण्डारीको अध्यक्षतामा पवन बाराकोटी खनाल र सुशिला खनाल सुवेदी सदस्य रहेको कमिटी गठन भएको थियो ।
कार्यक्रमको संचालन आदर्श नेपाली स्कूलकी संचालिका आरती पराजुली सिग्देल र चिरिन्जीवी लामिछानेले गरेका थिए ।