अन्तर्राष्ट्रिय किताब बजारमा नेपाली सृजना पुर्याउन रामचन्द्रको क्राउडफन्डिङ अभियान
टेक्सस– पोखराका रामचन्द्र खत्री यतिबेला ग्राफिक उपन्यास छपाउन रकम संकलन गर्ने उद्धेश्यले क्राउडफन्डिङ अभियानमा छन् । उनले नेपालको द्धन्द्धकालको कथालाई समावेश गरेर ग्राफिक उपन्यास छाप्नका लागि यो अभियानको सुरुवात गरेका हुन । अन्तर्राष्ट्रिय किताब बजारमा नेपाली सृजनालाई बिस्तारित गर्न जनवरी २८ देखि यो क्राउडफन्डिङ अभियान सुरु गरेको कुरा रामचन्द्रले बताए
लामो समयसम्म नेपालमा चलेको द्धन्द्धको घटनालाई आधार बनाएर लेखिएको जस्टिज उपन्यासको यो क्राउडफन्डिङ अभियानमा सहयोगी हातहरू बढीरहेका छन् । खत्रीको यो ग्राफिक उपन्यासमा माओवादी द्धन्द्धका कारण पलायन हुन पुगेको एक किशोरी र उनको परिवारले गरेको संघर्षको कथा छ।
केही दिन अघि सुरु भएको यो अभियान एक महिना सम्म संचालन हुने अभियानकर्ता रामचन्द्र खत्रीले जानकारी दिएका छन् । अमेरिकी किताब बजारमा ग्राफिक उपन्यासलाई रूचिको विधा मानिन्छ । “ग्राफिक नोभेल अहिले अमेरिकामा चलेको विधा हो भने क्राउडफन्डिङ भित्रभित्रै अभ्यासमा रहेको किताब प्रकाशनको मोडेल हो,” रामचन्द्र भन्छन्– विश्वस्तरका आम पाठकमाझ नेपाली कथालाई पुर्याउनका लागि यो अभियान फलदायी हुने विश्वास लिएको छु ।
पेस युनिभर्सिटी न्यूयोर्कबाट पुस्तक प्रकाशनमा एमएस गरेका रामचन्द्रका फ्रान्ज काफ्काकृत ‘द मेटामोर्फसिस’को नेपाली अनुवादसंगै अन्य कृति प्रकाशित छन् । यस अघि उनी अमेरिकी प्रकाशन संस्थामा ‘प्रोजेक्ट म्यानेजर’ र ‘एडुकेसनल कन्टेन्ट म्यानेजर’का रूपमा काम गरिसकेका छन् ।
अभियानमा सहयेाग गर्न तलकेा लिंकमा जानुहेाला
https://www.kickstarter.com/projects/justicegraphicnovel/justice-i-a-civil-war-graphic-novel