O

अमेरिका– अमेरिकामा आजदेखि कयौ राज्यमा हिम आधी आउन सक्ने मौसमविद्हरुले चेतावनी दिएका छन् ।
शक्तिशाली आधीले भारी वर्षा गराएर हिउ जमेर कडा चिसोको सामना गर्नु पर्ने अवस्था आउन सक्ने बताइएको छ । मौसमविदहरुले बिहीबार तथा शुक्रबार बिहानको यात्रा जोखिमपुर्ण हुने सक्ने बताएका छन् । मौसमविद्हरुले खास गरि बुधबार, बिहीबार र शुक्रबारका लागी शीतकालिन आधीको चेतावनी दिएका हुन । विशेष गरि टेक्सस, क्लोराडो न्यु मेक्सिको मिसिगन, शिकागो लगायत २२ भन्दा बढी अमेरिक िराज्यमा हिउ सहितको आधीको चेतावनी मौसमविदहरुले दिएका छन् ।
टेक्ससको डयालस क्षेत्रमा पनि सडकमा हिउ जमेर चिसो हुन सक्ने अनुमान गरिएको छ । चिसो मौसमको चेतावनी संगै कतिपय स्थानमा हवाई उडानहरु समेत धमाधम रद्ध भएका छन् । यस्तो अवस्थामा ड्रँइभिङ खतरनाक हुने र घरहरुमा बिजुलीको समेत अभाव हुन सक्ने बताइएको छ । यो आधीले लाखौ मानिस प्रभावित हुन सक्ने बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected