अमेरिका– अमेरिकामा गलत तवरले दोषी ठहराउदा एक व्यक्तिले २० वर्ष जेलको चिसो छिडिमा बिताए ।
शिकागोको कुक काउन्टी जेलबाट विना अपराध सजाय भोेगेका ४४वर्षिय केविन दुगरलाई रिहा गरिएको होे २००३ को एउटा गोलीकान्डको घटनामा उनलाई ५४ वर्षको सजाय सुनाईएको थियो । उनकै जुम्ल्याह भाईले अपराध कबुल गरेपछि केविनलाई निर्दोष ठहर गदै अदालतले रिहा गरेको हो ।
केविनका भाई कार्ल स्मिथले गोलीकाण्ड घटनाका लागी आफु जिम्मेवार भएको र आफनो ठाउमा दाईलाई जेल पठाएको कुरा स्वीकार गरेपछि रहस्य बाहिर आएको हो । कार्लले २०१६ मा लिटिन क्रिमिनल कोर्ट भवनमा आफनो अपराध कबुल गरेका थिए ।
कुक काउन्टी जेलबाट रिहा भएपछि केविन निकै रोएका थिए । उनले अनाहकमा नगरेको अपराधको सजायको भागीदार बन्न पुगे ।उता जुम्ल्याह भाई कार्ल भने अब ९९ वर्षको जेल सजायको भागीदार बनेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected