अमेरिकामा बसेर भावनाले निकालिन संघर्ष
अमेरिका– भावना विष्ट अमेरिकामा बसेर साहित्य लेखनमा अभिरुची राख्ने नारी हस्ताक्षर हुन । उनले अमेरिकाको व्यस्त जीवनशैलीलाई समेत थाती राख्दै आफनो साहित्य प्रतिको लगाव र अभिरुचीलाई कलम मार्फत प्रष्फुटित गदै आएकी छिन् । कविता गीत, सगै उनी कथा लेखनमा पनि आफुलाई समर्पित गदै आएकी छिन् ।
पछिल्लो पटक उनले आफनो जीवन संघर्ष र नारीप्रतिको संघर्षलाई उतारेर एउटा अनुभवन्यास प्रकाशित गरेकी छिन् । संघर्ष नाम दिएको उक्त अनुभवन्यास देश तथा विदेशको घटना र परिघटनालाई उनले प्रस्तुति गरेकी छिन् । आफु नारी भएको नाताले उनले पुस्तकमा नारीको पीर वेदना, व्यथा र सघर्षलाई केस्रा केस्रामा उन्ने प्रयास गरेकी छिन् ।
काल्पनिक पात्रहरु चयन गरेर उनले कथालाई बलियो बनाउने कोसिस गरेकी छिन् । लामो समय देखि अमेरिकामा बस्दै आएकी भावनाले पुस्तकमा स्वदेश र विदेशी जीवनलाई पनि उतार्ने प्रयास गरेकी छिन् । तर पुस्तकमा अधिकांश भाव भने महिला संग सम्बन्धीत रहेका छन् । महिला माथि हुने दम अत्याचारलाई पनि उनले बुलन्द आवाज उठाउने प्रयास पुस्तकबाट गरेकी छिन् ।
कवितामा विद्यामा कलम चलाउदै आएकी भावनाले फुटकर रुपमा नारी संग सम्बन्धीत लेख र आलेखहरु पनि बेलाबेलामा लेख्दै आएकी छिन् । पहिलो प्रयासको रुपमा आएको यो पुस्तक संघर्षमा भाषिक कमी कमजोरी फाटफुट देखिए पनि आफनो लेखनको अभिरुचीलाई पुस्तक मार्फत उनले प्रकट गरेकी छिन् । पुस्तक प्रकाशन गर्ने जुन सहास उनीबाट भयो त्यसको सहना गर्नेपर्छ । आगामी दिन पनि उनका अन्य विषयमा यस्तै पुस्तकहरु प्रकाशन हुदै जाउन, हार्दिक शुभकामना ।