अमेरिका–अमेरिकामा बढदो बन्दुक हिंसा कम गर्न राष्ट्रपति जो बाइडेनले कडा कदम उठाउने तर्फ अघि बढेका छ्न ।
राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसा बढेपछि अभिलेख विना खरिद गरिएका घरेलु बन्दुक माथि कार्वाही प्रकृया अघि बढाउने कदम चाल्ने भएको हो । न्याय विभागले अब यस्तो हतियारको व्यापारमा संलग्न व्यक्तिहरु विरुद्ध संघीय मुद्धा लगाएर कार्वाही गर्नेछ ।
राष्ट्रपति जो बाइडेन बिहीबार न्युयोर्कका मेयर एरिक एडम्सको उपस्थितिमा बन्दुक हिंसा रोक्न कडा कदम चाल्ने बताएका हुन । न्युयोर्कका मेयर एडम्सले बन्दुक ंिहसाको महामारी विरुद्ध लडनका लागी मदतको आव्हान गरेपछि बाइडेनले कडा कदम चाल्ने बताएका हुन ।
बाइडेनले अब अपराधीहरुलाई बन्दुक प्रयोगमा रोक लगाउने तर्फ सरकार अग्रसर हुने बताएका छन् । बाइडेनले अमेरिकामा फैलिएको बन्दुक संस्कृतिलाई नियन्त्रण गर्न न्याय विभागलाई आदेश दिइसकेका छन् ।
विभिन्न माध्यमबाट अमेरिका भित्रने हतियार तस्करी रोक्न समेत बाइडेन प्रशासनले कडाई गर्नेछ । गैरकानुनी रुपबाट भित्रिएका हतियारले समेत मुलुकभित्र हिंसा बढेको बाइडेन प्रशासनको तर्क छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected