दिनेश शर्मालाई टेक्सस राज्य विद्यानसभामा चुनाव जिताउने अभियान तिब्र बन्दै

टेक्सस– अमेरिकाको राजनितिमा पकड जमाउन यतिबेला नेपाली मुलका दिनेश शर्मा होमिएका छन् । टेक्सस राज्य विद्यानसभा क्षेत्र ९२ बाट प्रतिनिधित्व गर्न प्राइमेरी प्रतिस्पर्धाको दौडमा छन् उनी ।डेमाक्रेट पार्टिको तर्फबाट उनी उम्मेदार बन्न प्रतिस्पर्धा गदैछन् ।
उम्मेदवारको लागी यतिबेला दिनेश शर्माको पक्षमा माहौल सृजना गर्न आप्रवासीहरु एक जुट भएका छन् । रैथाने अमेरिकीहरु समेत उनलाई साथ दिन अग्रसर भइरहेका छन् ।
टेक्ससमा रहेको बाक्लो नेपाली समुदाय पनि दिनेश शर्मा जिताउने अभियानमा देखिन्छन् । दिनेश शर्मालाई अर्को मार्च महिनामा हुने प्राइमेरी चुनावमा जिताउन नेपाली समुदायहरु दिलो ज्यानले लागेका छन् । प्रचारप्रसार तिव्र बनेकेा छ ।
दिनेश शर्मालाई पनि यतिबेला भ्याइनभ्याई छ । मतदाताको मन जित्न घरदैलो कार्यक्रमलाई समेत तिब्र रुपमा बढाइरहेका छन् । मतदाताकेा मन जित्न दैलेा चाहरिरहेका छन । नेपाली समुदायका अगुवा सहित उनी आफनो क्षेत्रमा अहिले घरदैलोमा व्यस्त देखिन्छन् । संचारमाध्यमहरुमा अन्तवार्ता दिन पनि उनको व्यस्तता झनै बढेको छ ।
भर्खरै निर्वाचित नेपाली समाज टेक्सस पनि अहिले आफनै समुदायका उम्मेदवार दिनेश शर्मालाई मुलधारको राजनितिमा स्थापित गराउन व्यापक प्रचारप्रसारमा देखिन्छ । ‘यस अघि हामी युलेश सिटी काउन्सिलमा टिका पौडेललाई जिताउने अभियानमा पनि लागेका थियौ’ नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्ललेले भने–‘अहिले हामी दिनेश शर्मा जिताउन अभियानमा पनि त्यतिकै लागीरहेका छौ ।’
त्यसो त दिनेश शर्मा नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष भएको नाताले समेत टेक्ससका नेपाली समुदाय उनको अमेरिकी राजनितिमा पहुच पुराउन चुनावी प्रचार अभियानमा छन् । आफनै समुदायबाट उठेका उम्मेदवारलाई जिताउन रिब्लिकन तथा डेमोक्रमेट जुनसुकै पार्टिमा आस्था राखे पनि शर्माकै पक्षमा हातेमालो नेपाली समुदायले गरेका छन् ।
अमेरिका आएर बसीसकेपछि अमेरिकाकै राजनिति गर्नुपर्छ भन्ने मान्यताका साथ टेक्ससको हिमालयन डेमाक्रेट क्लब पनि दिनेश शर्माको अभियानमा लागी परेको छ ।
‘अमेरिकाको मुलधारको राजनितिमा नेपालीले सहभागिता जनाएर उम्मेदवारी दिने ॲाट गर्नु नै ठुलो कुरा हो’ डेमोक्रेट क्लबका अध्यक्ष प्रभात दिक्षित भन्छन्–‘ टेक्ससको माहौल हेर्दा अहिले दिनेश शर्माको टेक्सस विद्यानसभामा संभावना बलियो बन्दैछ ।
शर्माले मार्च महिनामा हुने प्राइमेरी चुनाव जिते भने नोभेम्बरमा हुने अन्तिम प्रतिस्पर्धाका लागी भिडने छन् । चुनावी दौडका क्रममा मतदाताबाट पाएको उत्साह र हौसलाले धेरै आशा जगाएको शर्मा बताउछन् ।
२१ वर्ष अघि एचवान बि भिसामा अमेरिका आएका शर्मा पेशाले आइटी संग सम्बन्धीत रहेका छन् । मेरिल्यान्ड राज्य सांसदामा नाम लेखाएका ह्यारी भण्डारी पछि दिनेश शर्मा अहिले त्यो दौडमा निस्केका छन् ।