अमेरिका– कोरोना महामारी संगै अमेरिकी अस्पतालहरुले नर्सको अभाव झेलिरहेका छन् ।
कोरोना कालमा धेरै सेवानिवृत्त तथा कतिले जागीर समेत छाडेपछि समस्या भएको हो ।
क्यालिफोर्निया विश्वविद्यालय सान फ्रान्सिकोको एक रिपोर्ट अनुसार क्यालिफोर्नियामा मात्रै १४ प्रतिशत कमी भएको छ ।
अमेरिकामा नर्सिङ सहित अन्य पेशामा संलग्न रहने १ लाख ४० हजार बढीलाई ग्रिनकार्ड दिइदै आएको छ । यो वर्ष नर्सिङ सहितको पेशाका लागी २ लाख ८० हजार लाई ग्रिनकार्ड उपलब्ध रहेको तथ्याङक छ । यिनमा अधिकांश नर्सिङ तथा अस्पताल प्राविधिक अधिक छन् । महामारीबाट थकीत अस्पतालमा कामको माग गर्ने नसका लागी यो ग्रिनकार्ड दिन सक्ने बताइएको छ ।
अमेरिकामा यो वर्ष नर्स सहित विदेशी कामदारका लागी असमान्य रुपमा अधिक रुपमा ग्रिनकार्ड प्रदान गर्न गइरहेको छ । केही वर्षको तुलनामा यो दुइ गुना बढी रहेको समाचार स्रोतले बताएको छ ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected