अमेरिका– अनलाइन सपिङ साइट एमाजनले आत्महत्याका लागी प्रयोग गरिने किटनाशक औषधी बिक्री गरिरहेको भन्दै सवाल उठाइएको छ ।
अमेरिकी प्रतिनिधी सभाका साद सांसदले एमाजनका सिइओ एन्डी जसीलाई पत्र लेखेर बिक्री भइरहेको उक्त उत्पादन माथि प्रश्न उठाएका हुन ।
रासयनिक तत्वले युक्त सल्फेस ट्बालेट आत्महत्याका लागी समेत प्रयोग गर्ने गरिएको बताइन्छ ।
न्युयोर्क टाइम्सको एउटा रिपोट अनुसार हालैक दिनहरुमा अमेजनबाट विक्री भएक ा किटनास औषध अथात सल्फेस टयाब्लेट धेरै घटनाहरु घटेको बताइन्छ ।प्रतिवेदनले केही व्यक्तिले आत्महत्याका लागी यो रासयनिक औषधी प्रयोग गरिएको पाइएको छ ।
हलै मात्र एक जना भारतीय महिलाले अमेजन माथि मुद्धा दायर गरेकी छिन् । उनले आफनी छोरीले अमेजनबाट उक्त औषधी सेवन गरेर आत्महत्या गरेको बताएकी थिइन । दुई वर्ष अघि छोरीले एमाजनबाट उक्त विषादी किनेको बताइन
रिपोर्ट अनुसार दुई वर्षमा अमेजनबाट यस्तो किटनास औषधी किनेर अमेरिकामा १० जनाले आत्महत्या गरेको रिपोर्ट न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ । मृतकका परिवारले समेत घटनाका बारेमा सचेत गराउदै उत्पादनको बिक्री वितरण रोक्नुपर्ने आवाज उठाएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected