अमेरिकामा ३ दशमलब ८ अर्ब डलरको बिटक्वाइन चोरी काण्ड पर्र्दाफास
अमेरिका– अमेरिकामा बिटक्वाइन चोरीको एउटा ठुलो कान्ड पर्दाफास भएको छ । यो घटनामा अमेरिकाका एक दम्पत्ति पक्राउ परेका छन् । अमेरिकाको न्याय विभागले मंगलबार जानकारी दिदै २०१६ मा चोरी भएको ९४ हजार भन्दा बढी बिटक्वाइन बरामद गरिएको बताएको छ । यसको अधिकत्तम मुल्य ३ दशमलव ६ अर्ब डलर रहेको बताइएको छ ।
विभागका अनुसार लेनदेनको विषयमा यो बिटक्वाइन प्रयोग गर्ने प्रयास गरेको अवस्थामा ३४ वर्षिय इल्या लिन्चेस्टीन तथा उनको पत्नी ३१ वर्षिया हिथर मार्गन पक्राउ परेका हुन । उनिहरुलाई छिट्टै अब अदालतमा पेश गरिने बताइएको छ ।
चोरी भएको बिटक्वाइन मध्ये २५ हजार बिटक्वाइन बिगत ५ वर्षदेखि बालेट मार्फत ट्रान्सफर गरिएको थियो । पैसाको उपयोग सुन तथा डिजिटल एनएफ टि जस्तो बस्तुको खरिदका लागी गरिएको बताईन्छ ।
जाचकर्ताले चोरीको शिकार भएकाहरुलाई अगाडी आउन र आफनो नोक्सानीको परिपुर्ति गर्नका लागी आव्हान गरेको छ ।
एजेन्सीको सहयोगमा

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected