अमेरिका–एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्याशी कृष्ण लामिछानेले सघंका अध्यक्ष बृद्धि सुवेदीले एनआरएनएको विधि र विधान विपरीत महाधिवेशन प्रतिनिधी छनौट गरेको बताएका छन् । लामिछानेले एक प्रेस विज्ञप्ती जारी गदै अध्यक्ष सुवेदी विधान विपरीत महाधिवेशन प्रतिनिधी छनौट गरेपछि एनआरएनएको केन्द्रिय समितिमा भाग लिने प्रतिनधिहरुको विवाद सृजना भएको दाबी गरे ।
उनले विज्ञप्तीमा भनेका छन्– ‘अध्यक्ष बुद्धि सुवेदी समुहले सिफारिस गरेका ६५ प्रतिशत अन्र्तगतका प्रतिनिधीहरु मध्ये २८ जना अवैधानिक छन् ।’ लामिछानेले संघको विद्यानले ६५ प्रतिशतबाट प्रतिनिधी हुन सघंको पुर्वपदाधिकारी हुनु अनिवार्य व्यवस्था भएको बताउदै ति छनौट गरिएका प्रतिनिधीहरु संघको कुनै पनि निकायमा काम नगरेको हुदा ति प्रतिनिधी स्वतः अवैधानिक भएको उनको ठोकुवा छ ।
लामिछानेले अवैधानिक रुपमा सिफारिस गरिएका प्रतिनिधीहरुलाई तत्काल महाधिवेशन प्रतिनिधीको नामावलीबाट हटाएर विधान बमोजिम नया प्रतिनिधी छनौट गर्न माग गरेका छन् ।
साथै लामिछानेले संघको दशौं महाधिवेशन प्रतिनिधी विवाद मिलाउन संघका पूर्व अध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिले हालै गरेको निर्णय प्रति समेत ध्यानार्कषण भएको जनाएका छन् ।

विज्ञप्तिकेा पुर्ण पाठ

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन प्रतिनिधि विवाद मिलाउन संघका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिले हालै गरेको निर्णय प्रति मेरो ध्यानार्कषण भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको वर्तमान कार्यसमितिले संघको विधि र विधान विपरित महाधिवेशन प्रतिनिधि छनोट गरे पछि संघको निर्वाचनमा भाग लिने प्रतिनिधिहरुको विवाद सृजना भएको सर्वविधितनै छ । संघको वर्तमान अध्यक्ष बुद्धी सुवेदी समूहले सिफारीश गरेका ६५ प्रतिशत अन्तरर्गतका प्रतिनिधिहरु मध्ये २८ जना अवैधानिक छन् । संघको विधानले ६५ प्रतिशतबाट प्रतिनिधि हुन संघको पूर्वपदाधिकारी हुनु अनिवार्य व्यवस्था गरेकोमा ती प्रतिनिधिहरु यसअघि संघको कुनै पनि निकायमा काम नगरेको प्रष्ट हुदाँ स्वतः ती प्रतिनिधिहरु अवैधानिक हुन् ।

अवैधानिक रुपमा सिफारीशमा परेका सम्पूर्ण प्रतिनिधिहरुलाई तत्काल महाधिवेशन प्रतिनिधिको नामावलीबाट हटाएर विधान बमोजिम नयां प्रतिनिधि छनोट गर्न माग गर्दछु ।

यस्तै, २५ प्रतिशत अन्तरर्गतको संघको विधान अनुरुप निर्वाचन मार्फत चयन हुनु पर्ने व्यवस्था विपरित वर्तमान सुवेदी समूहले मनोपली रुपमा ४७ जना प्रतिनिधिको नाम केन्द्रमा पठाएर गैरआवासीय नेपाली संघ अमेरिका पन्जिकृत सदस्यहरुको भावनालाई कुल्चिने काम गरेको छ ।

गैरआवासीय नेपाली संघको निर्णय अनुसार ती प्रतिनिधि छनोटमा आम सहमति वा निर्वाचन हुनु पर्नेमा एकलौटी रुपमा छानिएका प्रतिनिधि तत्काल खारेजीको माग गर्दछु ।

यस्तै, प्रतिनिधि विवाद मिलाउन संघको उच्चस्तरीय समितिले वर्तमान कार्यसमितिको अध्यक्ष र निवर्तमान अध्यक्षलाई जिम्मा दिने निर्णय पूर्णरुप अवैधानिक र अमेरिकास्थित नेपाली समुदायबीच फोटो ल्याउने प्रपन्च भएको हुदाँ तत्काल सो निर्णय खारेजीको माग गर्दछु ।
गैरआवासीय नेपाली संघको अमेरिकाको निर्वाचनमा वर्तमान बुद्धी सुवेदी समूहले प्राप्त गरेको जम्मा ३३ प्रतिशत मतको कदर गर्दै बाँकी बाहिर रहेको ६७ प्रतिशत मतदाताको भावना विपरित प्रतिनिधि चयन गराईमा त्यस्तो निर्णय अमान्य हुने समेत जानकारी दिन चाहन्छु ।
साथै, संघका पूर्व तथा वर्तमान अध्यक्षहरु रहेको उच्चस्तरीय समितिले महाधिवेशन प्रतिनिधि विवादलाई तन्काएर संघको केन्द्रीय निर्वाचनलाई अवरोध गर्ने खेलप्रति दुःख व्यक्त गर्दै तत्काल संघको निर्वाचन तालिका घोषणा गर्न आग्रह गर्दछु ।

कृष्ण लामिछाने
अध्यक्ष (प्रत्यासी)
गैरआवासीय नेपाली संघ, अमेरिका – २०२१
८ फेब्रुअरी, २०२२

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected