अमेरिका– अमेरिकामा बन्दुक आक्रमणमा मारिएका नेपाली विद्यार्थी सागर घिमिरेको नाममा अमेरिकी संसदमा विधयेक दर्ता भएको छ ।
मेरिल्यान्ड राज्यका राज्य सांसद हयारी भण्डारीले नेपाली विद्यार्थी सागर घिमिरेलाई प्रतिनिधित्व गरि अति जोखिम सुरक्षा आदेश अध्ययनका लागी कार्य समुह अर्थात सागर घिमिरे ऐन दर्ता गरेका छन् ।
बन्दुक आक्रमणमा मारिएका सागर घिमिरे एक जना असमान्य व्यक्तिको हातमा भएको बन्दुक आक्रमणबाट ज्यान गुमाएका थिए । लाइसेन्स प्राप्त बन्दुक सम्बन्धी कानुनमा केही हेरफेर गर्नुपर्ने भन्दै उनले मेरिल्यान्ड राज्यको ससद सत्रमा विधेयक दर्ता गरेका हुन । मानसिक रुपमा समान्य रहेका व्यक्तिले गोली चलाउदा मेधावी विद्यार्थी सागर घिमिरेको गएको मे ८ मा मेरिल्यान्डको वुडल्यानडमा ज्यान गएको थियो ।
अमेरिकामा यस्ता असमान्य मानिसको हातमा लाइसेन्स प्राप्त बन्दुक हुदा बन्दुक हिंसा बढीरहेको छ । यो कानुनमा परिवर्तन गर्न र अकालमा कसैको ज्यान नजाओस भनेर यो विधयेक भणडरीले दर्ता गरेका हुन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected