अमेरिकाको नर्थ क्यारोलिनामा दुर्घटनाग्रस्त विमानमा हराइरहेका सात जना भेटिएनन
![](https://usnepalpost.com/wp-content/uploads/2022/02/0C8B2F75-0CB7-4415-A66C-92A8C35E6F6D.jpeg)
अमेरिका– अमेरिकाको नथ क्यारोलिनामा ४ किशोर सहित चार जना हास शिकारी चढेको विमान दुर्घटना परेपछि बेपत्ता मध्ये एक जनाको शब फेला परेको छ । दुर्घटनामा सात जना बेपत्ता रहेका छन् । उनिहरुको खोजी भइरहेको छ ।
सानो जहाज नर्थ क्यारोलिनाको आउट बैक्स नजिक दुर्घटना भई समुन्द्रमा खसेर बेपत्ता भएको हो । दुर्घटनामा हराइरहेका अन्य सात जनाको पनि मुत्यु भएको हुन सक्ने आशंका गरिएको छ । विमान दुर्घटनामा हराइरहेका अन्यको खोजी तिव्र रुपमा भइरहेको छ ।
मृतक तथा यात्रामा सवार भएकाहरुको विवरण भने स्थानिय काउन्टीले दिन अस्वीकार गरेको स्थानिय संचारमाध्यमहरुले बताएका छन् । तर विमानमा सवार अन्य यात्रु जिवितै भेटिने संभावना नरहेको बताइएको छ । अहिले विभिन्न कम्पनीका उद्धार हेलिकप्टरले घटनास्थल वरिपरि हराइरहेकाहरुको खोजी गरिरहेको छ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...