टेक्सस राज्य सांसदको प्राइमेरी निर्वाचनमा अगाडी लम्किदै दिनेश शर्माका पाइलाहरु

टेक्सस– दिनेश शर्मा टेक्सस हाउस डिस्ट्रिक ९२ डेमोक्रेट उम्मेदवार बन्न अहिले भिडिरहेका छन् । प्राइमेरी निर्वाचनको अर्लि भोटिङ पनि सोमबार देखि सुरु भइसकेको छ । यतिबेला दिनेश शर्मा मतदान केन्द्रहरुमा दौडादौड गरिहेका छन् । फेब्रुअरी २५ सम्म अर्लि भोटिङको समयसिमा रहेको छ ।
मार्च एकमा भने निर्वाचनको दिन रहेको छ । दिनेश शर्मालाई यो प्राइमेरीमा जिताउन सके उनी नोभेम्बरमा हुने निर्वाचनमा डेमाक्रेटको उम्मेदवार बन्नेछन् । हातमा प्लेकार्ड र पोष्टर बोकेर दिनेश शर्मा आफै भिडिरहेका छन् अहिले मतदान केन्द्रमा । उनि हरेक संग अर्लि भोटिङमा आफुलाई मत दिन विनम्र रुपमा आग्रह गरिरहेका छन् । युलेशको सिनिय सेन्टर जहा“बाट अधिक मत खस्ने गरेको छ , त्यहा भेटिएका दिनेश शर्मा निकै उत्सुक देखिन्थे । अर्को धेरै मत खस्ने आर्लिङटन बुथबाट यहा“ भोट माग्न आइपुगेका दिनेशले उत्साही हुदै भने– ‘मतदाता प्रति निकै आशावादी छु, ममाथि सबैले भोट गरेर न्याय गर्ने अपेक्षा छ ।’
टेक्सस रेड क्षेत्र अर्थात रिब्लिकन बाहुल्य भएको राज्य हो । तर पनि दिनेश शर्मा हिम्मत गरेर सबै आप्रवासीको प्रतिनिधित्व गदै मैदानमा छन् । टेक्ससलाई केही अगाडी लम्काउ र डेमोक्रेटको पकड बनाउन भन्ने नारा बोकेर उनी लम्किरहेका छन् । हुन त दिनेश शर्माको अमेरिकी मुलधारे राजनितिमा यो पहिलो पाइला हो । अब अमेरिकामा बसेपछि मुलधारे राजनितिमै लाग्नुपर्छ भन्ने सोच बोकेर उनी अघि बढेका छन् । यस अघि जनसम्पर्कसमिति काग्रेसको राजनिति गरेका दिनेश यतिबेला भने त्यो छाडीसकेका छन् । नेपाली राजनितिबाट टाढा रहेर अहिले अमेरिको मुलधारे राजनितिमा सम्माहित भइसकेका छन् ।
टेक्ससमा रहेर नेपाली समुदायको हक हितमा नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरेका दिनेश शर्मालाई जिताउन नेपाली समाज टेक्ससको वर्तमान कार्यसमिति समेत लागीपरेको छ ।
हामी केवल दिनेश शर्माको यो अभियानमा मात्र हैन यस अघि टिका पौडेललाई जिताउन लागेका थियौ’ नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लेले भने– ‘यो अभियान आगामी दिनमा अमेरिकाको मुलधारे राजनितिमा अग्रसर हुनेलाई हामी साथ र सहयोग यसरी नै रहनेछ ।’
सबैको साथ र सहयोगले नै दिनेश शर्मालाई पनि अमेरिकी डेमाक्रेट राजनितिमा लम्किन उत्साही बनाइरहेका छन् । ह्यारी भण्डारी, टिका पौडेल, प्रभात दिक्षित , शैलेज आचार्यबाट प्रभावित हुदै दिनेश शर्मा अमेरिकाको राजनितिमा लागेको बताउछन् । जोर्जिया , भर्जिनिया जस्तै टेक्सस पनि अब डेमाक्रेटको राज्य हुने दाबी गदै आएका शर्मा ले भने– यसकारण म यसपटक यो चुनाव जितेर छाडनेछु ।’