किन बढ्ने अमेरिकाको मूलधारे राजनितिमा नेपाली समुदाय
ह्यारी भण्डारी (मेरिल्यान्ड राज्य सासंद)- अमेरिकामा नेपाली समुदायको बसोबास अधिक रुपमा बढीरहेको छ । नेपाली समुदायको बढदो जनसंख्या संगै अमेरिकाको मूलधारे राजनितिमा सहभागी हुनुपर्छ भन्ने मान्यता मेरो रहेको छ । सोही अनुरुप म पनि अमेरिकी राजनितिमा होमिरहेको छु । खासमा भन्दा म नेपाली समुदायलाई अमेरिकाको मूलधारे राजनितिमा ल्याउन र हाम्रा समस्याहरुलार्य अमेरिकी समस्या बनाउन म राजनिति क्षेत्रबाट लागिरहेकेा एउटा अभियन्ता पनि हॅु। म मात्र हैन अब हरेक नेपाली यो अभियानमा जोडिएर अग्रसर हुनुपर्छ ।
धेरै भन्दा धेरै नेपालीहरु चुनावमा सहभागी भएर नेपाली समुदायलाई मुलधारे राजनितिमा देखिने गरि सक्षम बनाउन अग्रसर हुनुपर्छ । हरेक राज्यबाट अब नेपाली समुदायले आट र सहास लिएर स्थानिय देखि राजनितिक तहमा उभिनुपर्छ । यसो भएमा भोली हामी र हाम्रा सन्ततिलाई समेत यसले बाटो देखाउन मदत गर्नेछ । म अमेरिकी राजनितिमा आउन चाहने नेपाली समुदायलाई साथ र सहयोगका लागी कहिल्यै पछि हटने छैन । अमेरिकी राजनितिमा होमिएका र होमिन चाहनेलाई सधै इन्डोर्स गदै आएको छु । अवश्य पनि अमेरिकाको हरेक तहमा नेपाली समुदायको जीत हुदा हाम्रो समुदायलाई अवश्य पनि फरक पर्छ । यही कारण पनि अब हामी अमेरिकाका मूलधारे राजनितिमा आएर नेपाली समुदायको समस्यालाई अमेरिका समस्या बनाएर समाधान तर्फ अग्रसर हुने बेला आएको छ ।
भुवन आचार्य– (दिनेश शर्मा अभियान का अर्थ संयोजक)
हामी नेपाली हुनुको नाताले नेपालको माया स्वभाविक रुपमा छ । तर देश छाडेर आइसकेपछि हाम्रो सन्ततीले भोग्ने ठाउ भनेको अब यही नै हो । यसकारण हामीले पनि अमेरिकाको निति निर्माण तहमा आफनो प्रभाव जमाउन यहाको मूलधारे राजनितिमा आउनुपर्छ । अब आउने हाम्रा आउने नया पुस्ताका लागी पथप्रदर्शक बन्नका लागी पनि अमेरिकन राजनितिमा आउनुपर्छ ।
नेपाली समुदायको आवाजका लागी स्थानिय निकाय देखि राज्य तहको निर्वाचनमा नेपाली समुदाय राजनितिमा आउनुपर्छ । हयारी भण्डारी, टिका पौडेलहरुले सुरुवात गरेर देखाइसकेका सकेका छन् ।
अहिले टेक्सस राज्य सांसदका लागी दिनेश शर्माले ॲाट र सहास गरेर अघि बढेका छन् । हामीले उनमा धेरै संभावनाहरु देखेका छौ र सकारत्मक पनि भएको छ । अमेरिकाको सबै राज्य तहमा नेपालीको पहुच बढाउन राजनितिमा हाम्रो समुदाय अग्रसर हुनैपर्छ ।
प्रभात दिक्षित (अध्यक्ष हिमालयन डेमोक्रेट क्लब टेक्सस) -अमेरिकामा बसीसकेपछि यहा नेपालको राजनितिको कुनै तुक छैन । अमेरिकामा बसेर गर्ने भनेको यहीको राजनिति हो । अमेरिकामा स्कुल बोर्ड देखि सिटी काउन्सिल हुदै राज्य तह संसदसम्म राजनिति गरेर पुग्न सके नेपाली समुदायलाई पनि प्रतिनिधित्व गर्न पाईन्छ । मेरिल्यान्ड विधानसभामा जितेका नेपाली मुलका हयारी भण्डारीले नेपाली समुदायको हितमा धेरै गरेका छन् ।
उनले नेपाली समुदायको कम्युनिटी सेन्टर लगायतमा बजेट दिलाउन सफल भएका छन् ।
यस्तै अन्य राज्यमा पनि नेपाली समुदायको प्रतिनिधित्व हुन सके यस्ता धेरै अवसरहरु नेपाली समुदायले प्राप्त गर्न सक्छन् । स्थानिय देखि राज्य तहमा पुग्न सके नेपालीलाई पनि सहयोग हुन सक्छन् । यसर्थ नेपालको राजनिति गरेर यहा केही फाइदा छैन । नेपालको राजनिति अमेरिकामा गर्ने भनेको नेता आउदा एयरपोर्टमा छोप्न जाने, माला लगाउने घुमाउने र नेपाल जादा सम्पर्क बढाउने मात्रै हो ।
डाक्टर सन्तोष सापकोटा (सामाजिक अभियान्त)-हामी नेपाल छाडेर आएपछि मन भित्र नेपाल भए पनि हामी आप्रवासी भइसकेका छौ । नेपाल छाडेर आइसकेपछि पनि फेरि यहा नेपालकै राजनिति गर्छु भन्दै हिडनुको कुनै तुक रहदैन । नेपालको राजनिति केवल रुची भित्र परे पनि यहा उताको राजनितिको औचित्य छैन जस्तो लाग्छ मलाई । अमेरिकामा हामी नागरिकता लिइसकेपछि फेरि हामी नेपाली भन्न चाही नमिल्ला । हामी अमेरिकन नै हौ, तर नेपालप्रतिको हार्दिकता रहनु आफनो ठाउमा छ ।
अमेरिकाको मुलधारे राजनितिमा लागेपछि केवल नेपाल मुलका समुदाय मात्र नभई सिंगो अमेरिकी समुदायको प्रतिनिधित्व गर्नुपर्छ । केवल नेपालीका लागी मात्र भन्न मिल्दैन । मेरिल्यान्ड राज्य सांसद ह्यारी भण्डारी पनि नेपाली मुलबाट प्रतिनिधित्व गरेर राज्य सांसद बन्नु भएको छ । उहाले पनि धेरै सकरात्मक कामहरु गर्नु भएको छ । हयारी भण्डारी जस्तै अगाडी बढन धेरै अवसरको सृजना यहा गर्न सकिन्छ । नेपाली मुलका समुदायले पनि यहा“को राजनितिमा सामेल भएर अगाडी बढ्दा निश्चित रुपमा सबैक लागी राम्रो नै हुन्छ भन्ने मलाई लाग्छ ।
राजबल्लभ कोइराला–( अभिनेता तथा आइटी पेशाकर्मि) –हामी जहॅा बसेका छौ, त्यही ठाउको हरेक क्षेत्रमा प्रत्यक्ष सहभागिता जनाउन सक्नुपर्छ । हामी नेपाली आप्रवासी भएकाले हामी राजनितिक तथा राज्यको बिभिन्न तहमा पुग्न सके हाम्रो आवाज सम्बन्धीत ठाउमा पु¥याउन सकिन्छ । अमेरिकामा बसेर नेपालीको पार्टिको झन्डा बोकेर र कराएर केही फाइदा छैन ।
भावी पुस्तालाई पहिचान र अवसरको खाचो छ , यसका लागी पनि नेपालीहरु यहाको राजनितिमा सहभागी हुनुपर्छ । नेपालमै राजनिति गर्नेहरुले नेपालमै परिवर्तन गर्न सकेका छैन भने यहॅा आएर नेपालको राजनितिले कुनै अर्थ राख्दैन ।