प्रिया राना

ब्राजिल, रियोदिजेनेरियो– ब्राजिलको पर्यटकिय शहर रियोदिजेनेरियोको उत्तरको पहाडमा रहेको सुन्दर शहर पेट्रोपोलिसमा गएको मंगलवार परेको अविरल बर्षासंगै आएकेा बाढी  र पहिरेामा परेर अहिलेसम्म १४० जनाको मृत्यु भएको छ । विपत्तीमा परेर २०० भन्दा बढी मानिसहरू हराइरहेका छन ।

हराइरहेकाहरुको खोजी तथा उद्धार कार्य निरन्तर भइरहेको स्थानिय समाचार एजेन्सीहरुले जनाएका छन ।

लगातार तीन घन्टासम्म परेको भारी बर्षाले त ठुलो बाढी र पहिरो गएको थियो । त्यस विनाशकारी पहिरो र बाढीको कारण पहाडी क्षेत्रका कयौं घरहरू ध्वस्त भएका छन् । बाढीको पानी शहरका सडकहरुमा नदिमा परिणत भएका थिए ।

घर, सडकमा रहेका भौतिक तथा सवारी साधनहरु सबै बगेका छन् भने कतिपय साधनहरु अझैपनि पानीमै तैरिरहेका छन् । सडकभरी धेरै हिलोमाटो र पानी रहेको छ ।

दुई बर्ष देखि कोरोना महामारीको चपेटामा परिरहेको ब्राजिलमा अहिले झन्डै तीन महिना देखी भारी बर्षाको पनि सामना गरिरहेको छ । लगातार परिरहेको पानीले ब्राजिलका केहि ठाँउ डुबानमा परेको र त्यसले ठुलो क्षति पुर्याएको छ । बढ्दो जलवायु परिवर्तनका कारणले यस्तो भएको र अझै पनि केही समय भारी बर्षा हुने र त्यसबाट आफू सुरक्षित रहन यहाँका जलबायु बिज्ञहरूले सचेत

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected