टेक्ससका नेपालीलाई दिनेश शर्मालाई सहयेाग गर्न ह्यारी भण्डारीकेा आग्रह
हाईलाइट्सहरु
॰ दिनेशका गल्ती दोष होला भोली झगडा गर्नुहोला, टेक्ससका साथीहरुलाई यही भन्न आएको हु“–अहिलेलाई दिनेश शर्मालाई साथ दिनुहोला । भोली दिनेशको सिको गरेर अर्को राम श्यामप्रसाद चुनावमा नलडलान तर उनिहरुका सन्तानले त चुनाव लडनेछन् ।
॰संसद चल्दै गर्दा छाडेर यता आए, दिनेश जी उठदै जितीसक्नु भयो’ भण्डारीले भने–‘ चुनाव र जुवाको खालमा नहारेसम्म कहिल्यै पनि हारिन्न , हारे पनि खेल्न छाडनु हुदैन
॰दिनेश मन पदैन कमजोरी होलान मैले माने भण्डारीले अगाडी भने– त्यसको हिसाब पछि गरौला , तर सबैले सहयोग गरौ ।
टेक्सस– टेक्सस राज्य सांसदमा उम्मेदवारी दिएर चर्चामा आएका दिनेश शर्माको अभियानमा मेरिल्यान्ड राज्य सांसद ह्यारी भण्डारी आएपछि झनै माहौल तातिएको छ ।
टेक्सस राज्य सांसदका लागी भिडेका दिनेश शर्मा को चुनावी अभियानमा आएका भण्डारी उत्सापुर्वक शनिवार सरिक भए । अहिले चलिरहेको अर्लि भोटिङमा भण्डारी सहभागी भएर मतदातालाई दिनेश शर्मालाई मत दिन समेत आग्रह गरे । गएको सोमबार देखि सुरु भएको अर्लि भोटिङ प्रकृया संगै टेक्ससको चुनावी सरगर्मि तातेको छ ।
नेपाली समुदायको अमेरिकी राजनितिमा सहभागीताका लागी हौसला प्रदान गर्न टेक्सस आइपुगेका मेरिल्यान्ड राज्य सांसद ह्यारी भण्डारीको सम्मानमा नेपाली समाज टेक्ससले युलेशकेा गेार्खा बार एन्ड ग्रिल रेस्टुरेन्टमा मिट एन्ड ग्रेट कार्यक्रम राख्यो ।
उक्त कार्यक्रममा मेरिल्यान्ड राज्य सांसद भण्डारीले टेक्ससमा रहेका नेपाली समुदायलाई दिनेश शर्मालाई सहयोग गर्न आग्रह गरे ।
अमेरिकामा नेपाली समुदाय मुलधारे राजनितिमा सहभागिता बढाउन हौसला र सहयोग दिदै आएका भण्डारी आफनो व्यस्त संसद चलीरहेको समयमा टेक्सस आएको बताए । म संसद चल्दै गर्दा छाडेर यता आए, दिनेश जी उठदै जितीसक्नु भयो’ भण्डारीले भने–‘ चुनाव र जुवाको खालमा नहारेसम्म कहिल्यै पनि हारिन्न , हारे पनि खेल्न छाडनु हुदैन ।’ उनले सुरुमा २०१४ मा मेरिल्यान्ड राज्यमा पहिलो पटक चुनाव हार्दाको प्रसंग जोडदै भने– ‘लडदै नलडे त कहिल्यै हारिन्न, तर लड्न छाडन हुन्न, अवश्य जितिन्छ ।’ दिनेशका गल्ती दोष होला भोली झगडा गर्नुहोला, टेक्ससका साथीहरुलाई यही भन्न आएको हॅु–अहिलेलाई दिनेश शर्मालाई साथ दिनुहोला । भोली दिनेशको सिको गरेर अर्को राम श्यामप्रसाद चुनावमा नलडलान तर उनिहरुका सन्तानले त चुनाव लडनेछन् ।
भण्डारीले भने–‘अहिले चुनावमा उठेका दिनेशको प्राथमिकता हाम्रा सन्तानको प्राथमिकता हुनेछ, यसैले, हामी सबै नेपाली एक ठाउॅमा उभिएर सहयोग गर्नुपर्छ । भोली तपाई हाम्रा बच्चा बच्ची नेपालका लागी अमेरिकी राजदुत भएर जाने अवस्था पनि आउछ । दिनेश मन पदैन कमजोरी होलान मैले माने भण्डारीले अगाडी भने– त्यसको हिसाब पछि गरौला , तर सबैले सहयोग गरौ । उनले दिनेश शर्मालाई संसदमा पठाउने भनेको हाम्रै सन्ततिको प्राथमिकताका लागी भएको दोहोराउदै भण्डारीले सबै टेक्ससबासीलाई सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा गैरआवासिय नेपाली संघका पुर्व अध्यक्ष जीवा लामिछानेले नेपाली मुलका मान्छेले जस्तो हामी परदेशमा बस्ने नेपालीको समस्या अरुले नबुझने भएकाले विदेशको मुलधारे राजनितिमा पहुच बढाउनुपर्ने बताए । नेपाली समुदाय नेतृत्व तहमा पुग्न सके नेपाली आवाज पनि बुलन्द हुन सहयोग पुग्ने धारणा लामिछानेले राखे ।
कार्यक्रममा टेक्सस राज्य सांसदका लागी डेमाक्रेट उम्मेदवार बनेका दिनेश शर्माले आफनो चुनावी अभियानको बारेमा धारणा राखेका थिए । गएको जनवरीबाट चुनावी अभियान सुरु गरेका उनले बीचमा प्रतिस्पर्धा छाडने मनस्थितिमा पुगेको समेत बताए । आफनो प्रतिस्पर्धीले धेरै अगाडी चुनावी अभियान थालेर धेरै खर्च गरेर चुनावी प्रचार अभियान तिव्र बनाएका थिए । ‘फेरि आट गरेर गरेर देखाउछु भनेर चुनावी मैदानमा होमिए’ शर्माले भने– ‘अहिले सबैको साथ र सहयोगले हौसला मिलेको छ ।’
कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लले अमेरिका राजनितिमा नेपाली समुदायका पहुच बढाउन समाजले गहन भुमिका खेल्दै आएको धारणा राखे । हामीले रिब्लिकन, डेमाक्रेट केही नहेरी नेपाली समुदाय हुनुको नाताले सहयोग गदै आएका छौ’ बाग्लले भने– नेपाली समुदायबाट प्रतिनिधित्व गर्ने जुनसुकै उम्मेदवारलाई भावी दिनमा पनि हाम्रो यस्तै साथ र सहयोग रहनेछ । उनले टिका पौडेल देखि दिनेश शर्माको अभियानलाई सघाउदै आएको धारणा राखेका थिए । कार्यक्रममा हिमालयन डेमाक्रेट क्लबका अध्यक्ष प्रभात दिक्षितले अमेरिकी राजनितिमा नेपालीको प्रवेश के कसरी भयो भन्ने बारेमा विचार राखेका थिए । उनले समुदायको आवाजलाई राज्यम तहमा लैजान अमेरिकी मुलधारको राजनितिमा हाम्रो सहभागिता बढाउदै लग्नुपर्ने बताएका थिए । महासचिव सन्देश उप्रेतिले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष विवेक कडेलले स्वागत मन्तव्य दिएका थिए ।