टेक्ससमा नेपाल चिनाउन ‘वाक फर नेपाल’ हुदै

हरेक वर्ष टेक्ससको ड्यालसमा हुदै आएको वाक फर नेपाल कार्यक्रम यस पटक पनि यही नोभेम्बर १६ मा हुदैछ ।
ड्यालसमा सक्रिय युवाहरुको पहलमा बेकमेन लेक पार्क ड्यलसमा हुने कार्यक्रम बारे आइतबार एक पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
विभिन्न नेपाली परम्परागत पहिरन तथा झाकी सहित हिडने यो कार्यक्रमले विशेष गरी नेपाल चिनाउनुको साथै केही सहयोग रकम संकलन गर्नु पनि हो’ कार्यक्तम संयोजक दिपकराज सिलवाले जानकारी दिए ।

उनका अनुसार यो विशुद्ध सहयोगका लागी नेपालको पहिचान दिलाउने कार्यक्रम हो । यो कार्यक्रम नेपालमा शिक्षक सिकाई तथा टेक्ससमा संचालिन निशुल्क स्वास्थ्य क्लिनिकका लागी सहयोग गर्नु मुख्या उद्देश्य रहेको संस्थापक सुमनकाजीले जानकारी दिए । वाक फर नेपालमा नेपाली पच्चेबाजा, धिमे बाजा लगायत विभिन्न जनजातीका बाजा सहित सयौको संख्यामा नेपालीहरु पैदल हिडदै नेपालको संस्कृति झल्काउने उनले बताए । पैदल हिडनु अघि विभिन्न सागीतिक कार्यक्रम तथा बालबालिकाहरुका लागी विभिन्न खेलहरु समेत कार्यक्रममा मनोरञ्जनका लागी रहनेछन् । झण्डै डेढ घन्टा सहभागीहरु पैदल हिडेर नेपाल प्रर्वद्धन गर्नेछन् । यो एउटा नेपालको संस्कार र संस्कृति संगै नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा पहिचान दिने कार्यक्रम पनि हो’ आयोजक संस्थाका अर्का संस्थापक प्रदीप गिरी (मोमो) ले जानकारी दिए ।

उनले यो कार्यक्रममा हरेक वर्ष सहभागीहरुको संख्या उल्लेख्य रुपमा बढदै गएको बताए । २०१२ देखि नियमित रुपमा वाक फर नेपाल कार्यक्रम ड्यालसमा संचालन हुदै आएको छ । अघिल्ला वर्षमा सहभागीका लागी केही शुल्क सहित सहभागिताको नाम दर्ता गरिए पनि यस वर्ष निशुल्क रुपमा विना दर्ता सहभागी हुन पाइने आयोजकले जनाएको छ ।