टेब्सस– दुई छोरी तथा श्रीमतिकोलाई छाडेर तल्लोबाट हुदै अमेरिका छिरेका पोखराका
रुपसिंह गुरुङ फेरि कहिल्यै स्वदेशी भुमी टेक्न पाएनन । ग्रिनकार्ड बनाएर परिवार अमेरिका झिकाउने उनको सपना सधैका लागी अस्तायो । टेक्ससको अष्टिनमा रेष्टुरेन्टमा काम गर्ने क्रममा लडेर बे्रन हयामरेज भई अस्पतालको
कोमामा पुगेका गुरुङ महिनौ सम्म अस्पतालमा जीवनको लडाई लडदै थिए । तर शुक्रबार बिहान अचानक गुरुङले संसार छाडेर गए ।
महिनौ दिनसम्म कोमामा बसेका गुरुङको स्वास्थय केही सुधार भएपछि उनलाई अस्पतालले नर्सिङ होममा रिफर गरेको थियो । नर्सिङ होममा उपचार गराउदै आएका गुरुङको शुक्रबार बिहान निधन भएको अष्टिनका सामाजिक अभियान्त देवराज न्यौपानेले जानकारी दिए । दुई वर्ष अघि उनी रेष्टुरेन्टमा काम गर्ने क्रममा अकस्मात बेहास भइ लडेका थिए । अस्पताल पु¥याइएका गुरुङलाई ब्रेनहयारेज भएको थियो । बे्रनहयामरेज पछि चिकित्सकहरुले समेत माया मारिसकेका थिए । लामो समयसम्म उनी कोममा पुगे
। शरीरको एउटा पाटो समेत प्यारालाइसिस हुन पुग्यो । कोमाबाट निस्केपछि उनलाई नर्सिङ होममा उपचार सगै हेरचाह गरेर राखिएको थियो । उनको स्वास्थय नि क्रमिक सुधार भइरहेको थियो ।
उनलाई यो अवस्थामा परिवारको साथ चाहिएको थियो । तर उनको अमेरिकामा कोही आफन्त थिएनन् । उनीसग अमेरिकाको ग्रिनकार्ड नभएकाले परिवारलाई झिकाउन समस्या भइरहेको थियो । पटक पटक प्रयास गर्दा पनि परिवारले अमेरिका आउने भिसा पाउन सकेनन । परिवारलाई ल्याउने थप प्रयासहरु हुदा हुदै उनको दुख्द निधन हुन पुगेको ग्रेटर अस्टिन नेपाली समाजले जनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected