अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा एउटा २ सय किलोको भालूले यतिबेला सर्वसाधारणमा आतंक मच्चाइरहेको छ ।
हैन्क द टैन्क नामको चर्चित यो भालूले सर्वसाधारणको घर भित्र पसेर उत्पात मच्चारहेको छ । भालू आतंकले कतिपय घाइते भई ज्यान समेत गएको समाचार आएको छ ।
डेली स्टारको रिपोर्ट अनुसार भालूबाट निराश भएका भएका सर्वसाधारणले प्रहरी प्रशासनमा १ सय ५० भन्दा बढी कल गरेर उजुरी दर्ता गराएका छन् ।
भालुको आतंकबाट प्रहरी संग वन विभागका कर्मचारी समेत निराश भएका छन् । भालूलाई समात्ने प्रयास गरिए पनि त्यो संभव हुन सकिरहेको छैन । जानकारहरुका अनुसार आहाराको खोजीमा भालु मानिसहरुको बस्तीमा पस्न थालेको हो । घरका झयालको सिसा समेत फोडेर भालू घरभित्र पस्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected