अमेरिका–अमेरिकन अध्यागमन अदालतमा कम कर्मचारी र मुदाहरुको ब्याकलगले आप्रवासी मुद्धाहरुको सुनुवाईमा ढिलाई भएको छ
अमेरिकाको अध्यागमन अदालतमा १ दशमलव ६ मिलियन भन्दा बढी मुद्धाहरुको ब्याकलक रहेको छ ।
यसले गर्दा लामो समय देखि मेक्सिकोमा पर्खेका कागपत्रबिहीन आप्रवासी, आफनो परिवारबाट अलग भएका आप्रवासी तथा असाइलमको पर्खाइमा रहेका आप्रवासी प्रभावित भएको द गार्जियनले लेखेको छ । मुद्धाहरुको सुनुवाई प्रकृया अगाडी नबढ्दा लाखौं कागजपत्रबिहीन आप्रवासीहरुको भविष्य अन्यौलमा परेको छ ।
अध्यागमन अदालतमा रहेका केशहरु घटने भन्दा बढदो क्रममा रहेका छन् । २०२१–२०२२ को बीचमा झण्डै एक लाख ८० हजार भन्दा बढी अध्यागमनका केशहरु बढेका छन् ।
नया न्यायधिस नियुक्त गरिए पनि दु्रततर काम अघि नबढ्दा अमेरिकाको भविष्य देखिरहेका प्रकृयामा रहेका कागजपत्र बिहीन आप्रवासी प्रभावित बनेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected