पत्रकारिताले समाजलाई सुचना दिने मात्र नभई सुसुचित गराउनमा पनि महत्वपुर्ण भुमिका निर्वाह गर्छ । सम्मानित पेशाको रुपमा समेत लिइने पत्रकारिता सच्चा पत्रकारको रुपमा भुमिका निभाउनु त्यतिकै चुनौती छ । यी यस्तै चुनौतीलाई चिदै पत्रकारितामा लामो समय व्यतित गर्नु भएका शिव शर्मा जीले प्रवासमा आएर पनि आफनो लेखन यात्रालाई निरन्तरता दिइरहनु भएको छ । प्रवासको व्यस्त जीवनलाई पन्छाउदै लेखनमा लाग्नु त्यति सजिलो छैन । शिव जीको तिखो कलमले अमेरिकाका नेपाली समुदायका विषयलाई गहन रुपमा उठाएर जनमानसतमा पुर्‍याउन महत्वपुर्ण भुमिका खेलेको कुरालाई हामीले नर्कान मिल्दैन ।
नेपालमा पत्रकारितामा छुट्टै पहिचान बनाइसकेर अमेरिका आएको छोटो अवधिमा उहाँले आफनो लेखनबाट त्यो उदाहरण पेश गरिसक्नु भएको छ ।नेपाली समुदायलाई केन्द्रित गरी संचालनमा आएको युएसनेपाल पोष्ट डिजिटल पत्रिकार अमेरिकामा बसोबास गर्ने सबै नेपालीको साझा चौतारी बन्न सकोस । त्यस्तै महिलाका विषयलाई पनि यो अनलाइनले प्राथमिकता दिओस भन्न चाहन्छु । धेरै अनलाइनहरुको भीडमा पृथक सामग्री पस्कदै सबैले खोजी गर्ने अनलाइन पोर्टलको रुपमा युएसनेपाल पोस्ट बन्न सकोस भन्दै यसको सफलताको कामना गदै शुभकामना दिन चाहन्छु ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected