अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा हराएको घरपालुवा कुकुर १२ वर्षपछि फेरि मालिकले फेला पारेका छन् ।

डान्गी नामको कुकुरको शरीरमा लगाइएको माइक्रोचिपको मदतले प्रहरीले सम्बन्धीत मालिकको घरमा पुराएको हो ।

क्यालिफोर्नियाको लफियाटबाट २०१० मा हराएको कुकुर यतिका वर्षपछि भेटिएपछि घर मालिकको खुशीको सिमा रहेन । आफनो मालिकबाट बिछोड हुदा यो कुकुर ६ महिनाको थियो । मालिकको घरदेखि ६० माइल टाढा कुकुर फेला परेको थियो ।

बेबारिसे अवस्थाबाट कुकुरलाई उद्धार गरि प्रहरीले मालिक सामु पुराएको हो । पशु अधिकारीले कुकुरको शरीरमा लागेको माइक्रोचिप स्क्यान गरेपछि कुकुर २०१० मा हराएको पत्ता लागेको थियो । माइक्रोचिपबाट मालिको बारेमा सबै जानकारी मिलेको थियो ।

हराएको आफनो कुकुर फेरि भेटिने आशा मारेका मालिकले कुकुर १२ वर्षपछि पुनः फेला परेपछि खुशी समाल्न सकेनन । २०१५ मा माइक्रोचिप कम्पनीले पनि यो कुकुरलाई मृत को सुचीमा सामेल गरेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected