अमेरिका–अमेरिकामा अहिले कोरेाना संक्रमणको लहर बिस्तारै कम हुदै गएको छ । तर हालै एउटा अचम्म पार्ने तथ्याङक सार्वजनिक भएको छ । अमेरिकामा कोरोनाबाट मुत्यु हुने संख्या डेल्टा संक्रमणको भन्दा ओमिक्रोन भेरियन्टबाट बढी भएको छ ।
गएको नोभेम्बरमा विश्व स्वास्थय संगठनले दक्षिण अफ्रिकामा ओमिक्रोन भेरिन्टको संक्रमण फेला परेको पृष्ठि गरेको थियो । त्यस यता अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ५४ हजार ७ सय ५० जनाको मुत्यु भएको तथ्याङक छ ।
अमेरिकामा यो तथ्याङकमा डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्टबाट मुत्यु हुने संख्या १७ प्रतिशत अधिक रहेको छ । यो तथ्याङकले डेल्टा भेरियन्टबाट भएको मुत्युको संख्यालाई ओमिक्रोनबाट भएको मुत्युले पछाडी पारिदिएको छ ।
अमेरिकामा गएको अगष्ट एक देखि सेप्टेम्बर ३१ सम्म डेल्टा भेरियन्ट संक्रमण बढेको थियो । त्यसयता भने ओमिक्रोनको कहरले आतंकीत बनाएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected