अमेरिका– युरोपीय संघ रुसको विरुद्ध सबैभन्दा कठोर र नोक्सानी हुने प्रतिबन्ध प्योकज लागु गर्ने तयारी गरेको छ ।
युरोपिय आयोगकी अध्यक्ष उर्सुला वोन डेर लेयनले युरोप तथा पुरा विश्वको शान्ति सुव्यवस्था कायम गराउन आफुहरु प्रतिवद्धता रहेको बताएका छन् ।
उनले सबै युरोपियन नेता समक्ष अनुमति लिएर ठुलो र लक्षित प्रतिबन्धको प्योकज पेश गरिने बताए ।
उनले सबै मिलेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लाई दवाब सृजना गर्नुपर्नेमा जोड दिए ।
युरोपिय संघका विदेश निति मामलाका प्रमुख जेोसेप बोरेलले यसलाई कठोर र ठुलो नोक्सानी हुने प्रतिबन्ध करार दिएका छन् ।
उनले एउटा परमाणु शक्ति सम्पन्न ठुलो देशले आफनो छिमेकी देशले धम्की दिइरहेको समेत बताएका छन् । यो केवल अन्तराष्ट्रिय कानुनको मात्र नभई मानवीय सह अस्तित्व सिद्धान्तको पनि उल्लंघन रहेको बताएका छन् ।
रुसमा गरिने प्रतिबन्धले रुसको आर्थिक आधार तथा आधुनिकीकरण क्षमता माथि समेत असर पर्ने बताइएको छ ।
यो संगै युरोपेली संघमा अवस्थित रुसी सम्पत्ति जफत र उसको बैकहरुको बित्तिय बजारको पहुंचमा समेत रोक लगाइनेछ ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected