अमेरिका–सामाजिक संजाल फेसबुकले रुसले युक्रेनियनलाई मार्न एउटा लिष्ट बनाइरहेको खुलासा गरेको छ । फेसबुकले युक्रेनीहरुलाई आफनो बचाउका लागी फेसबुकमा आफनो अकाउन्ट लक गर्नृ सक्ने बताएका छन् । यसका लागी नया फिचर समेत एड गरिएको छ । फेसबुकले युक्रेनीहरुलाई आफुले नचिनेका त्यस्ता व्यक्तिहरुलाई ब्लक गर्न सुझाव दिएको छ । फेसबुकले अफगानिस्तानमा तालिवान कब्जापछि सामाजिक संजालमा एउटा टुल एड गरेको छ ।
फेसबुकले आफुसंग स्थितिलाई निगरानी गर्न एउटा टिम रहेको बताएको छ । फेसबुक टिमले खाता लकिङ सुविधा सुरु गरेको छ । फेसबुकका अनुसार युक्रेनीहरुले पहिलो क्लिक टुलबाटै आफनो अकाउन्ट बन्द गर्न सक्नेछन ।

रुसी हमलामा युक्रेनमा १३७ मारिए

रुसले बिहीबार देखि युक्रेनको विरुद्ध युद्ध सुरु गरेको छ ।
रुसी हमलामा अहिलेसम्म युक्रेनमा १३७ जनाको ज्यान गइसकेको छ । यसको पुष्ठि युक्रेनका राष्ट्रपति जेलेन्सकीले पृष्ठि गरेका छन् । युक्रेनको चेनोबिल न्युक्लियर साइट समेत अहिले मस्कोमा नियन्त्रणमा पुगेको छ । युक्रेनले सयुक्त राष्ट्रलाई तत्काल मानवअधिकार परिषदको बैठक बोलाउन समेत माग गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected