अमेरिका–टेक्ससबाट बेपत्ता भनिएका नेपाली युवा २८ वर्षिय युवा मदन खरेल अन्तत फेला परेका छन् ।
उनलाई ड्यालसको एउटा अपार्टमेन्टमा सकुशल फेला पारिएको एनआरएनए टेक्सस च्याप्टरका महासचिव चण्डी भण्डारीले जानकारी दिएका छन् ।
फेला परेका मदन खरेललाई परिवारसंग भेटाउने प्रकृया चलीरहेको छ । तर उनी के कारणले परिवार तथा आफन्तसंग सम्पर्कबिहिन भएर बसे भन्ने बारेमा भने केही खुलेको छैन
। २०२० को अन्त देखि खरेल सम्पर्कबिहीन भएका थिए । आफन्तले सम्पर्क गर्न खोज्दा पनि उनी फेला पर्न सकेका थिएनन ।
२०१४ मा डिभी परेर अमेरिका आएका खरेल टेक्ससको हयुस्टन बसाईपछि २०१७ मा ड्यालस बसाई सरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected