अमेरिका–अमेरिकाको रोजगारीमा आधारित कामदार  अर्थातएचवान बी भिसाको दर्ता मंगलबार आज देखि  सुरु हुदैछ ।
–आइटी तथा प्रविधी क्षेत्रमा लागेकाहरुलाई अमेरिकाले खुलाउदै आएको अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा (युएससिआइएस) ले एक सुचना जारी गदै आज दिउसो १२ बजे देखि सुरु हुने जनाएको हो ।आवेदनका लागी माइ युएससिआइएस मा अनलाइन अकाउन्टको प्रयोग गरेर १० डलर आवेदन शुल्क तिर्नुपर्छ ।
मार्च २५ सम्म  दर्ता प्रकृया चल्नेछ । यसको नतिजा लोटरी प्रणाली मार्फत छानेर मार्च ३१ सम्म
सफल भएका प्रतियोगीहरुको नाम सुचीत गरिनेछ । एचवान वी भिसा एउटा गैर आप्रवासी भिषा हो । आगामी वर्ष २०२३ का लागी यो भिषा खुलाइएको हो ।
मागिएको पर्याप्त आवेदन प्राप्त भएमा संभावीत प्रतियोगिहरुको चयन मार्च १८ सम्म ¥याडम तवरले चयन हुनेछ
र चयन भएका उम्मेदवारको नाम ३१ मार्च सम्म सम्बन्धीत विजेताहरुलाई पठाइनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected