राष्ट्रपति बाइडेनको घोषणा– अमेरिकनलाई निशुल्क कोभिड –१९ को औषधी
अमेरिका– अमेरिकी राष्ट्रपति जो बाइडेनले एउटा ठुलो घोषणा गरेका छन् ।
बाइडेन प्रशासनले यसलाई नया पहलको रुपमा सुरुवात गरेको छ ।
राष्ट्रपति बाइडेनले कोरोना परीक्षण तथा पोजेटिभ परीक्षण आएपछि तुरुन्त निशुल्क एन्टी भाइरल खाने चक्की औषधी अमेरिकनहरुलाई उपलब्ध गराउन आदेश दिएका छन् । उनले स्टेट युनियनको संबोधनका क्रममा यस्तो घोषणा गरेका हुन । उनका अनुसार फाइजर इन्क मार्फत मार्च एक मिलियन चक्की तथा अप्रिलमा दुइ गुना बढी चक्की वितरण गरिने जनाएका छन् । फार्मेसीमा कोभिड परीक्षण गरेपछि यो चक्की निशुल्क रुपमा प्रदान गर्न बाइडेनले घोषणा गरेका छन् ।
बाइडेनको यो घोषणा सगै कोरोनाभाइरस संग लडन यसले सघाउ पुराउने विश्वास व्यक्त गरिएको छ । बाइडेनले टेस्ट टु ट्रीट को रुपमा यो पहल थालेका हुन । अमेरिकाले यो प्रदान गरेको निशुल्क उपचार आदेश ठुलो आदेश हो ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...