टेक्सस गर्भनरमा बेटेा र अबेाटकेा कडा प्रतिस्पर्धा हुने
टेक्सस– टेक्सस डेमाक्रेट पार्टिको तर्फबाट टेक्सस राज्य गर्भनरमा बेटो ओ रुक र हालका गर्भनर जर्ज अबोट बीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
टेक्ससमा मंगलबार सकिएको प्राइमेरी निर्वाचनमा डेमाक्रेट पार्टिको तर्फबाट जित निकालेपछि बेटोले प्राइमेरीमा जितेका रिपब्लिकनका जर्ज अबोट संग गर्भनरका लागी प्रतिस्प्र्धा गर्नेछन् ।
गर्भनर अबोटले मंगलबार सकिएको रिपब्लिकन पार्टिको प्राइमेरी निर्वाचनमा टेक्सस रिपब्लिकन पार्टिका पुर्व अध्यक्ष एलेन बेष्ट र व्यापारी डन हफिन्सलाई धेरै पछाडी छाडे । दुबै प्रतिस्पर्धीले अबोटलाई अधिक रुढीवाली विकल्पको रुपमा राखेर मैदानमा उर्तिए पनि जित निकाल्न सकेनन । उनिहरु संग उनको विपक्षमा ६ जना मैदानमा थिए ।
अबोट तेस्रो कार्यकालका लागी गर्भनर पदको दौडमा छन् । उनलाई पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन रहेको छ ।
नोभेम्बर ८ मा हुने निर्वाचनमा अबोटले डेमाक्रेटका बलिया प्रतिस्पर्धी मानिएका बेटो ओ रुक सग चुनावी दौडमा सामना गनुपर्ने छ ।
उता डेमोक्रेटका टेक्सस गर्भनर पदका लागी चुनावी मैदानमा देखिएका बेटोले प्राइमेरी जितेपछि समर्थकहरुलाई टेक्ससले अब छिट्टै डेमाक्रेट गर्भनर पाउने विश्वास दिलाएका छन् । सन् ११९४ पछि टेकससमा डेमाक्रेटले गर्भनर पाएको छैन ।
प्राइमेरीमा भारी मतले जितेका बेटोले फोटवर्थमा समर्थकहरुलाई संबोधन गदै भने– ‘म तपाईहरु प्रत्येकका लागी गर्भनर बन्न चाहन्छु ।’
बेटो र अबोट दुबैले मंगलबार गर्भनरका लागी आफनो पार्टिको उम्मेदवार सजिलै जितेका छन् । अबोट अब तेस्रो कार्यकालका लागी पुनः जित्न अग्रसर हुदैछन् । ५० मिलिपयन भन्दा बढीको साथ सहित दौड सहित अमेरिकाको सबैभन्दा ठुलो रिपब्लिकन राज्यमा आफना कडा रुढीवादी प्रचार गदैछन् । उता बेटो २०१८ मा सिनेटको आफनो दौडमा पछि परेका थिए । अहिले उनी प्राइमेरी जितेर त्यो हारलाई मुर्त रुप दिन गर्भनर दौडमा लम्किएका छन् । २०१८ मा पनि बेटोले प्राइमेरी जितेका थिए ।
चासो रहेको टेक्सस हाउस ९२ मा भोजानी
टेक्सस हाउस ९२ मा नेपाली मुलका अमेरिकन उम्मेदवार दिनेश शर्मा डेमाक्रेट उम्मेदवार थिए । उनका प्रतिस्पर्धी पाकिस्तानी मुलका सलमान भोजानी र अश्वेत अमेरिकन टे«सी स्कट रहेका थिए । तर मंगलबारको प्राइमेरी प्रतिस्पर्धामा सलमान भोजानीले ५७ प्रतिशत भोट ल्याएर जितेका छन् । उक्त प्रतिस्पर्धामा दिनेश शर्माले १७ प्रतिशत र स्कटले २५ प्रतिशत मत ल्याएकी छिन् ।