अमेरिका–अमेरिकाले खोजी गरिरहेको बिटकनेक्ट प्लेटफर्मका संस्थापक ३६ वर्षिय भारतीय सतीश कुभांनी भारतबाट फरार भएका छन् ।
उनी माथि २ दशमलव ४ अर्ब डलर बिटकनेक्ट प्लेटफर्म माथि ठगी गरेको आरोप छ ।
भारतको गुजरात निवासी उनी माथि अमेरिकाको एक अदालतमा ठगी तथा वित्तिय कारोबारमा अनियमितता तथा अन्य आरोपमा मुद्धा दायर भएको छ ।
क्रिप्टो करेन्सीको कथित फर्जि प्लेटफर्म बिटकनेन्टको बजार पुजीकरणको एउटा समयमा ३ दशमलव ४ अर्ब डलर पुगेको थियो । आरोपित कुभानी माथि  २ दशमलव ४ अर्ब डलर ठगी गरेको आरोपमा यदि सजाय भयो भने उनले ७० वर्ष जेलमा बिताउनुपर्ने छ ।
भारतबाट फरार रहेका कुंभानी दोस्रो मुलुककमो आश्रयमा पुगेको बताइन्छ । उनलाई ३० मे सम्म पत्ता लगाएर अमेरिका ल्याइ पुराउने पर्ने अमेरिकी उच्च अनुसन्धान आयोगले जनाएको छ । अमेरिकाको न्याय विभागले उनी माथि मुद्धा दायर गरेको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected