फलोरिडामा ३० मिलियन लोटरी बिजेताको हत्या घटनापछि यस्तो बिल पारित
अमेरिका–अमेरिकाको फलोरिडामा ३० मिलियन लोटरी विजेताको हत्याको घटनापछि अहिले लोटरी विजेताको नाम ९० दिनसम्म गोप्य राख्ने बिल सिनेटबाट पारित भएको छ ।
अब यो बिललाई गर्भनरले यसै महिना हस्ताक्षर गर्ने अपेक्षा राखिएको छ ।
फलोरिडा विधानसभाले ९० दिनसम्म २ लाख ५० हजार वा सो भन्दा बढी जित्ने लोटरी विजेताको नाम गोप्य राख्नेछ । जब सम्म विजेताले आफुलाई सार्वजनिक रुपमा चिनाउन चाहदैन ।
डोरिस मोर नाम र्की एक महिलाले गत २००९ मा ३० मिलियन लोटरी बिजेता ट्रक चालक समेत रहेका अब्राहम लि शेक्सपियरको हत्या गरेपछि अहिले जेलमा छिन् । उनलाई २०१२ मा फस्ट डिग्री हत्यामा दोषी ठहराइएको थियो । २०१९ मा उनले आफुले हत्या नगरेको भन्दै पुर्नरावेदन समेत गरकी थिइन
पुस्तक लेख्ने बहनामा मुरले शेक्सपियरलाई भेटेको बताईन्छ मुरले आफुले किनेको घर नजिकै शब गाडेकी थिइन । उनले वान मिलियन बैक अकाउन्टबाट भिकेको देखिन्छ ,। शेक्सपियरले जितेको ३० मिलियन मुत्युको समयमा सबै खर्च भएको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...