अब केही दिनमा नेपाली राजदुताबास अमेरिकाले पनि ई पासपोर्ट जारी गदै
अमेरिका– नेपाली दुताबास बासिङटन डिसीले अब यन्त्रबाचक पासपोर्ट अर्थात मेसिन रिडेबल पासपोर्ट सेवा सधैका लागी बन्द गरेको छ ,
दुताबासले इ पासपोर्ट जारी गर्ने कार्य सुरु भइसकेकोले हुलाक मार्फत पठाइने र कार्यालयमा उपस्थिति भई गरिने पासपोर्ट आवेदन गएको गएको फेब्रुअरीको अन्तदेखि बन्द गरेको हो ।
अमेरिकी स्थित नेपाली दुताबासले अब केही दिन भित्रमा ई पासपोर्ट जारी गरिसक्ने र त्यसका लागी पुर्वाधार तथा प्रणाली जडान गर्ने कार्य भइरहेको जनाएको छ ।
सबै तयारी पुरा भएपछि ई पासपोर्टका लागी आवेदन लिने गरि राजदुताबासबाट केही दिनमा सुचना जारी गर्ने समेत बताएको छ । पासपोर्ट नविकरणको नियमित सेवा केही समयका लागी स्थगीत गर्दा सर्वसाधारणमा पर्न गएको असुविधा प्रति नेपाली दुताबासले क्षमा मागेको प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
सम्बन्धित खवर
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...
-
ड्यालस (टेक्सस) — नेपाली ...





















