अमेरिका– अमेरिकाको न्युह्याम्सारमा दुई दिनदेखि नेपाली युवा ४२ वर्षिय कुमार भट्टराई बेपत्ता छन् ।
बिहीबार साझ एउटा कार्यक्रममा गएर फर्किएका भट्टराई बेपत्ता भएका थिए । बेपत्ता भएका भनिएको उनको २०१४ मोडेलको होन्डा पाइलट गाडी भने जलेको अवस्थामा भेटिएको छ । गाडी भित्र एउटा पुर्ण क्षतविक्षत अवस्थामा जलेको शब पनि प्रहरीले फेला पारेको छ ।


अनुहार नचिनिने अवस्थामा पुर्ण जलेको शबको पहिचान अहिलेसम्म भएको छैन । जलेको गाडी बेपत्ता भनिएको भट्टराईको घर देखि ४ मिनेटको पैदल दुरीमा एउटा खाली चौरमा भेटिएको हो । जहा हिउको थुप्रो पनि रहेको छ । जलीरहेको गाडी देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
घटना विवरण अनुसार भट्टराई बिहीबार राती ९ बजेर १५ मिनेट जादा कार्यक्रम भएको घरबाट बाहिरिएका थिए । अबेर सम्म घर नआएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।


घटना बारे नजिकबाट बुझेका एक नेपाली अगुवाका अनुसार रातको २ बजे प्रहरी आएर बेपत्ता भएका भट्टराईको कार जलेको अवस्थामा फेला परेको परिवारलाई जानकारी दिएको थियो । गाडीमा के कारणले आगलागी भयो भन्ने बारेमा अहिले सम्म केही पत्ता लागेको छैन । घटना रहस्मय रहेको बताइएको छ । गाडीभित्रको शब र मृतकको हुलिया केही मिल्दो देखीए पनि शब कसको हो भन्ने बारेमा भने खुलेको छैन । प्रहरीले डिएनए परीक्षण पश्चात शबको पहिचान हुने परिवार जनलाई बताएको छ ।
पुर्वी मोरङ लेटाङका स्थायी बासिन्दा भट्टराई न्युह्याम्सारमा सामाजिक अभियानमा निकै सक्रिय मानिन्छन । उनी समाजको सह कोषाध्यक्ष समेत रहेको बताइन्छ । भट्टराईको परिवारमा आमाबाबु तथा श्रीमति र दुई छोरा रहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected