काठमान्डैा-
पल शाह प्रकरणमा अनुसन्धानलाई प्रभाव पारी पक्ष वा विपक्षमा बोल्ने युटयुबर, फेसबुक प्रयोगकर्ता देखि टिकटकमा जथाभावी भिडियो बनाउनेलाई नेपालको साइबर ब्युरोले धमाधम पक्राउ गर्न थालेको छ ।
जथाभावी मनगढन्ते र आपत्तीजनक भिडियो तथा स्टाटस लेखेर चरित्र हत्या गर्ने विरुद्ध साइबर ब्युरो एक्सनमा उतिदै पक्राउ गर्न थालेको हो । घटनामा केही युटयुबर, फेसबुक प्रयोगकर्ता र सामाजिक अभियन्ता भनिएका समेत प्रहरी निगरानीमा परेका छन् । केहीलाई पक्राउ समेत गरिएको छ ।
तनहु हिरासतमा रहेका पल शाहको पक्ष लिएर पीडित भनिएकी गायिकाको चरित्रहत्या गरि जथाभावी लेख्ने युटयुबमा भिडियो हाल्ने र टिकटक बनाउनेलाई साइबर ब्युरोले कार्वाही अघि बढाएको हो । अश्लिल सामग्री प्रकाशित गर्ने र अरुको चरित हत्या गर्ने अन्यलाई पनि प्रहरीले खोजी गरिहेको छ ।
प्रहरीले पीडित नाबालिकाको अस्लित तस्विर र स्टाटस लेख्ने ललितपुरका २९ वर्षका विकाश महर्जनलाई पक्राउ गरिरसकेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...