टेक्सस– नेपाली समाज टेक्ससको कोषाध्यक्षमा निर्वाचित भएका दिनेश न्यौपानेले आईतबार पदभार ग्रहण गरेका छन् ।
समाजको २०२२ –२०२३ का लागी कोषाध्यक्षमा निर्वाचित भएका न्यौपानेले पदभार ग्रहण गरेका हुन ।
यस अघि समाजले आयोजना गरेको पदभार ग्रहण कार्यक्रममा विशेष कामले नेपाल पुगेका न्यौपानेले सहभागी हुन पाएका थिएनन ।
न्यौपानेलाई निर्वाचिन कमिटीका डा प्रेम अधिकारी तथा समाजका अध्यक्ष राजेन्द्र बाग्लले पद तथा गोपनियताको शपथ गराएका थिए ।

न्यौपाने फाइनेन्सियल टास्क फोर्स कोर्डिनेटर तथा निवर्तमान कार्यसमितिका सदस्य समेत हुन ।
युभिभर्सिटी अफ टेक्सस आर्लिङटनबाट एमबिए गरेका न्यौपाने पेशाले कर तथा वित्तिय परामर्शदाता समेत हुन । चितवनका स्थायी बासिन्दा न्यौपाने युलेशमा सपरिवार बसोबास गदै आएका छन् ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















