टेक्सस-आगामि दुई बर्षमा नेपाली समाज टेक्सास (NST) ले गर्ने कामहरु को विस्तुत कार्यसुचि तय गर्नेका लागी एक दिने कार्यशाला सम्पन्न भएको छ । संस्थाका सल्लाहाकारहरु, विभिन्न विभागका सदस्यहरु, र संस्थाका पुर्व अध्यक्षहरुको सहभागितामा सुझाव संङ्कलन तथा हाल टेक्सासको नेपाली समाजका आवश्यकता र गर्नुपर्ने कामको प्रथामिकता तय गरिएको छ ।

सम्पुर्ण सहभागिहरुबाट आएका अमुल्य सुझाव र गर्ने सकिने कामहरु लाई कार्यसमितिले टिपोट गरिएको र सम्पूर्ण अमुल्य सुझाव हरु तथा बिभिन्न विभागहरुले तय गर्ने कार्यक्रमहरु समेटेर वार्षिक कार्ययोजना निर्माण गर्ने पाँच सदस्य समिति निर्माण गरिएको संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिनु भयो । कार्यक्रममा उपस्थित प्रायः सबैले NST ले अरु नेपाली संघ संस्थाहरु सँग समन्वयन गरि कार्यक्रम ल्याउन र NST ले सम्पुर्ण नेपाली संघ संस्थाको अभिभावकिय भुमिका खेल्नु पर्नेमा जोड दिएको पनि अध्यक्ष वाग्लेले जानकारी दिनुभयो । “अब चाडै नै यी सम्पूर्ण सुझावहरु लाई समेटेर हामी हाम्रो कार्यकमको खाका अगाडि ल्याउँछौ” अध्यक्ष वाग्लेको भनाई थियो ।

छलफलको क्रममा नेपाली भाषामा ड्राइभिङग लरनर परमिट, इ.एस.एल कक्षा संञ्चालन लाई पहल, पेशागत विभाग निर्माण, NST लाई ब्रान्चको रुपमा टेक्सासका प्रमुख सहरमा विस्तार, एसियन स्थानिय संघ संस्था सँग सहकार्य गर्ने, स्थानिय संघ संस्था, स्थानिय सरकार, सिटि, तथा स्टेट सरकार सँग समन्वय गर्ने, अमेरिका भर ‘नेपाल डे’ भनेर नेपालको गणतन्त्र दिवसका दिन मनाउन समन्वय र पहल गर्ने, अमेरिकि राजनितिमा आउन चाहाने हरुलाई निरन्तर सहयोग गरिनु पर्ने र प्रमुख त NST ले छाता संगठनको भुमिका खेलिनु पर्ने सुझावहरु आएको र कसैलाई अरु केहि सुझाव र योजना हरु छन भने कार्यसमितिका कुनैपनि साथिहरु लाई प्रायक्ष तथा फोन वा इमेल मार्फत दिन सकिने NST का मिडिया संयोजक पुण्य पाण्डे ले जानकारी गराउनु भयो ।

कार्यक्रम अनौपचारिक रुपमा छलफल को स्वरूपमा भएको थियो । कार्यक्रमले कार्यसमिति मा भएका साथिहरुको मात्र नभएर सम्पूर्ण टेक्सास वासि नेपाली समुदायको आवाज सुनेर आगाडी जाने पहिलो प्रयास गरेको छ । विगतमा NST ले चुनाब पछि नेपाली समुदायलाई वास्ता गरेन भन्ने गुनासोलाई यो कार्यसमितिले शुरुवाति दिन देखिनै ख्याल गरेको र यसले समाज एकता वद्ध र मजवुद हुनेमा सहभागिहरुले विश्वस्त व्यक्त गर्नुभयो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected