अमेरिका– अक्सर थोरै मात्रमा रक्सी सेवनले मुटु तथा किडनीलाई फाईदा हुने गरेको भन्दै यसको लत लिनेहरु छन् । तर हालै को एउटा नया अध्ययनले यसलाई खारेज गरिदिएको छ । नचेर कम्युनिकेशन्समा प्रकाशित अध्ययनमा गरिएको दाबा अनुसार कम मात्रमा रक्सी सेवन गर्दा समेत दिमागमा असर पुराउछ । ३६ हजार भन्दा बढी व्यस्कहरु संगको अध्ययनको तथ्याङकलाई प्रस्तुत गदै गरिएको अध्ययनमा प्रति दिन एक या दुई प्याग रक्सी सेवनले व्यक्तिको दिमागमा दुई वर्षको बराबर आकस्मिक परिवर्तन हुने गरेको छ।
अधिक रक्सी सेवन गर्नेहरुको दिमागको संरचना तथा अकारमा परिवर्तन हुने गरेको छ र स्मरण शक्ति समेत कमजोर हुदै जान्छ ।
अध्ययनका लेखक गिदोन नबेके का अनुसार नमुना को बढी संख्याले आधा देखि एक बोत्तल बियर पिउने प्रभावको विश्लेषणलाई समेत अध्ययनलाई आधार बनाइएको थियो ।
नेशनल इन्स्टीच्युट अन अल्कोहल एब्युव एन्ड अल्कोहलिज्म महिलाहरुलाई एक प्याग रक्सी पिउन अनमुति दिन्छ तर पुरुषका लागी यसको मात्र दुई गुना रहेको छ । अहिलेको यो अध्यनमा यो पिउने मात्रले पनि मस्तिषकमा नोक्सानी पुराउने ठहर छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...