अमेरिकाद्धारा अन्तराष्ट्रिय सहासी महिला पुरस्कार भुमिका श्रेष्ठलाई
अमेरिका– अमेरिकी सरकारले यसपटक अन्तराष्ट्रिय सहासी महिला पुरस्कार नेपालकी भुमिका श्रेष्ठलाई प्रदान गरेको छ ।
यौनिक अल्पसंख्यकको अधिकारका लागी सक्रिय अभियानकर्मि श्रेष्ठलाई अन्तराष्ट्रिय सहासी महिला पुरस्कार दिइएको हो ।
अमेरिकी राजदुत ¥याडी बेरीले ट्वीटरमा लेख्दै ट्रान्सजेन्डर अधिकारकर्मि भुमिका श्रेष्ठलाई यो पुरस्कारले सम्मानित हुदा बधाई दिन चाहन्छु भनेका छन् ।
यौनिक अल्पसंख्यक समुदाययको अधिकारका लागी अथक मेहेनत गरेकोमा भुमिकालाई यसको वर्षको पुरस्कार प्रदान गरिएको हो ।
अमेरिकी सरकारले लगात्तार दोस्रो पटक यो पुरस्कार नेपाललाई प्रदान गरेको छ । यस अघि यो पुरस्कार पहिलो पटक तेजाब आक्रमणबाट घाइते भएकी मुस्कान खातुनलाई प्रदान गरेको थियो ।
सम्बन्धित खवर
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...
-
ड्यालस (टेक्सस) — नेपाली ...





















