संसारमै सुगुरको मुटु प्रत्यारोपण गरिएका अमेरिकाका व्यक्तिको मुत्यु
अमेरिका– संसारमै पहिलो पटक सुगुरको मुटु प्रत्यारोपण गरेका अमेरिकाका मेरिल्यान्डका व्यक्तिको मुत्यु भएको छ ।
मुटु प्रत्यारोपण गरिएका ५७ वर्षिय विश्वकै पहिलो व्यक्ति डेभिड बेनेटकोमुत्यु भएको मेरिल्यान्ड विश्वविद्यालय मेडिकल सेन्टरले आज प्रेस विज्ञप्ती जारी गरि जनाएको हो ।
केही दिन अघि देखि बिग्रीएको उनको स्वास्थय अवस्था संगै मंगलबार मुत्यु भएको हो । मुत्यु हुनु अघि अन्तिम समयमा उनी परिवारसंग कुराकानी गर्न सक्षम भएको थिए । बेनेटलाई हदयरोग थियो र उनको गएको जनवरी ७ मा मुटुको प्रत्यारोपण गरिएको थियो ।
अस्पतालले उनको निधनमा दुख व्यक्त गदै उनी एउटा बहादुर र महान रोगी जुन अन्तिम अवस्था सम्म पनि मुत्यु संग लडीरहेको बताएको छ ।
पहिलो पटक सुगुरको मुटु मान्छेमा प्रत्यारोपण गरि उनको जीवन बचाउने अन्तिम प्रयास गरिएको थियो । उनी शल्यक्रिया अघि ६ साता ओछ्यानमा उपकरण जडीत भएर बसेका थिए । मुटु प्रत्यारोपण पछि उनी बा“च्ने आशा गरिए पनि बाच्न सकेनन ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...