अमेरिका– अमे्रिकाको मेरिल्यान्ड राज्य विधानसभामा आज नेपाली समुदाय संग सम्बन्धीत दुई बिधेयकमा सुनुवाई हुदैछ ।
मेरिल्यान्ड राज्यको माथिल्लो सदनमा दशै विधेयक तथा तल्लो सदनमा सागर घिमिरे एक्टमाथी सुनुवाई हुदैछ ।
यो दुबै विधेयकलाई मेरिल्यान्ड राज्यका राज्य सांसद डा ह्यारी भण्डारीले ल्याएका हुन ।
आज बिहीबार संसदको माथिल्लो सदनमा अपरान्ह १.३० बजे नेपाली पर्व दशै विधेयकको सुनुवाई हुदैछ । दशै पर्वलाई चार्डको रुपमा मान्यता दिई मेरिल्यान्ड राज्यमा दशै दिवस घोषणा गर्न विध्यक माथि आज सुनुवाई हुन लागेको हो ।
त्यस्तै पुर्वी समय अनुसार आज नै अपरान्ह १ बजे सागर घिमिरे एक्ट माथि सुनुवाई हुने मेरिल्यान्ड राज्य सांसद भण्डारीले जानकारी दिएका छन् ।
गएको अप्रिलमा मेरिल्यान्डको वुडल्यान्डमा एक बन्दुक आक्रमणकारीबाट ज्यान गुमाएका नेपाली विद्यार्थी सागर घिमिरेको नाममा विधेयक प्रस्तुत हुदैछ । यसले यस्ता घटनाहरुलाई कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected