अमेरिका–मानसिक रोगीहरुको दैनिक जीवनमा धेरै कठिनाईहरु आईपर्न सक्छ । यसका लागी उनिहरुको हेरचाह गर्नेहरु धेरै सर्तक रहनुपर्ने हुन्छ । अमेरिकामा झण्डै ६ लाख ब्यस्कहरुमा गरिएको एउटा अध्ययनमा गंभीर मानिसक समस्याबाट गुज्रिएकाहरु सामान्य मानिसको तुलनामा कम उमेरमै ह्दय तथा धमनी सम्बन्धी जोखिम धेरै पाइएको हो । अध्ययनको यो निष्कर्ष जर्नल अफ द अमेरिकन हार्ट एशोसिएसनमा प्रकाशित भएको छ ।
अमेरिकाको मिनिसोटा स्थित हेल्थ पार्टनस इस्टिच्युटको सेन्टर फर ्क्रानिक केयर इनोवेशनका मुख्य शोधकर्ता रेबेका सि रोसमले गंभीर मानसिक रोगबाट ग्रस्त व्यक्तिहरुको मुत्यु सामान्य व्यक्तिको तुलनामा १० देखि २० वर्ष पहिला नै हुने गरेको छ । यसरी मुत्यु हुने मुख्य ठुला् कारण ह्दय रोग रहेको ठहर उनको छ । मानसिक रोगीहरुमा उच्च रक्तचाप, कोलस्ट्रल , सुगर लगायतका समस्याहरु बढने गरेको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...