युलेश सिटी काउन्सिलमा मोहन ज्ञवाली जिताउने अभियान अघि बढदै
टेक्सस– यतिबेला अमेरिकाको निति निर्माण तहमा पुग्न नेपालीहरुले सक्रियता देखाउन थालेका छन् । स्थानिय तह होस या राज्य तहमा नेपाली पुग्ने क्रममा पनि बढेको छ ।
टेक्ससमा यतिबेला नेपाली समुदायको अधिक बसोबास रहेको डयालस फोटवर्थको युलेस सहरको स्थानिय निकायमा मोहन ज्ञवाली पुग्ने तर्खरमा छन् ।
यसैका लागी मोहन ज्ञवालीले युलेश सिटी काउन्सिल प्लेश–३ मा आफनो उम्मेदवारी घोषणा गरिससकेका छन् ।
उम्मेदवारी घोषणा संगै मोहन ज्ञवाली जिताउने अभियानमा टेक्सस वरपरका नेपालीहरु सक्रिय भइसकेका छन् । यस अघि टेक्सस युलेस सिटी काउन्सिललमाको प्लेश ६ मा टिका पौडेलले जीत हासिल गरिसकेका छन् । अव सामाजिक अभियान्ता मोहन ज्ञवालीलाई युलेश शहरको काउन्सिल सदस्यका लागी प्रचारप्रसार अभियान व्यापक बनाइएको छ ।
आउदो अप्रिल २५ देखि मे ३ सम्म अर्लि भोटिङ सुरु हुदैछ ।
मोहन ज्ञवाली जिताउ अभियानका लागी यतिबेला सहयोग संकलन अभियान पनि तिव्र पारिएको छ । सहयोग गर्न चाहनेहरुले ८५५०२६०१६९ नम्बर टाइप गरेपछि तपाईले दिने सहयोग रकम त्यहॅा आउछ । तपाईले दिने रकम उल्लेख गरेर गिभ टाइप गरेर तपाईले आफुले सकेको सहयोग गर्न सक्नुहुनेछ ।
१९९६ मा गुल्मीबाट अमेरिका आएका मोहन ज्ञवाली लामो समय न्युयोर्कमा बसोबास पछि केही वर्ष अघि मात्रै टेक्सस बसाई सरेका हुन । न्युयोर्कमा रहदा नेपाली समाजको सारथी बनेका ज्ञवाली सामाजिक अभियान्ताको रुपमा सक्रिय रहे । नेपालीहरुलाई संगठित बनाउने काम गरे । नेपाली लाई नेपाली भाषामै लाइसेन्स परिक्षा दिने बिल न्युयोर्कमा पास गराउनेमा ज्ञवालीको योगदान छ । यस मार्फत उनले न्युयोर्क सिटी मार्फत सम्मानित हुने पौका पाए । उनले नेपाली समुदायका लागी यस्ता धेरै उल्लेख्य काम गरेका छन् ।
नेपालमा रहदा १५ भन्दा बढी जिल्लामा विभिन्न संघ सस्था मार्फत दुर्गम क्षेत्रका लागी योगदान दिएका ज्ञवाली अमेरिका आएर पनि नेपाली समुदायको हक हितमा निरन्तर सक्रिउ रहेका छन् । ज्ञवाली यतिबेला सपरिवार युलेशमा बसोबास गदै आएका छन् ।